मुख्य समाचार

काँग्रेसमा अन्तरघातबाट ग्रसीत

By थाहा अनलाइन

August 06, 2017

सैघाली खबर, दाङ, २२ साउन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले काँग्रेसमा अन्तरघातबाट ग्रसीत भएको बताउनुभएको छ । उहाले स्थानिय तहको निर्वाचनको पहिलो चरण र दोस्रो चरणमा त्यहीकारणले दोस्रो स्थानमा नेपाली काग्रेस आएको बताउनुभयो । अव पार्टी भित्रको संगठन सुद्धिढिकरण र पूर्नताजकी बीना सुधार हुन नसक्ने जिकिर गर्नुभयो । त्यसका लागि पार्टीले बिशेष अभियान थाल्नुपर्ने सुझाब दिनुभयो ।

रिपोर्टर्स क्लव दाङले आज आईतबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारकार्यक्रममा काग्रेस नेतृ डाक्टर संग्रौलाले अव ‘काँग्रेसमा देखिएको यो भद्रगोलको अवस्थालाई अनिवार्य सुधार गर्नु पर्नेमा जोड अव हुने संघीय तथा प्रदेशको चुनावमा ५० प्रतिसत सीटमा महिला महिलाहरु बीच प्रतिस्पर्धा हुनुपर्ने आफुहरुले लवीङ गरिरहेको जानकारी दिनुभयो ।

निर्वाचनको सवालमा ५० प्रतिसत र सरकारमा ३३ प्रतिसत महिला सहभागीता हनुपर्ने अडान महिलाहरुले माग गरेको उहाले बताउनुभयो । साक्षात्कारमा पूर्व संसाद उर्मीला थापाले संविधानमा महिला अधिकारकरी बारेमा स्पष्ट ब्यबस्था गरिपनि राज्य र सुमदायबाट कार्यान्वयन नभएको बताउनुभयो ।

नेपाल महिला संघकी केन्द्रीय सदस्य निर्मला क्षेत्रीले महिलाहरुको ३३ प्रतिसत सहभागीताको संबैधानीक ब्यबस्था भएपनि कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कल्वका कोषाध्यक्ष बालाराम खड्काले गर्नुभएको थियो ।