अन्तर्राष्ट्रिय

अमेरिकी हिरासतमा आप्रवासी आठ वर्षीय बालकको मृत्यु

By थाहा अनलाइन

December 26, 2018

अमेरिकी सरकारी हिरासतमा रहेका आठ वर्षीय बालकको मृत्यु भएको छ।  मेक्सिको सिमाना पार गरेको आरोपमा पक्राउ परेका ग्वाटेमालाका ८ वर्षीय बालकको ज्यान गएको आप्रवासन अधिकारीले बताएका छन्।

चिसो र ज्वरोका कारण थलिएका बालकको उपचारको क्रममा अस्पतालमा ज्यान गएको अमेरिकी सीमा सुरक्षा निकायले जनाएको छ।

 

ज्याकेलिन काएल नाम गरेकी ती बालिकाको लिभर फेलियरका कारण निधन भएको  जनाइएकाे छ।

यसअघि सात वर्षीया बालिकाको पनि डिहाइड्रेसन र यातनाका कारण ज्यान गएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा कडाइ गरेका कारण सीमा क्षेत्रबाट आप्रवासीलाई सीमाबाटै पक्राउ गर्ने गरेको छ।