नेपाल आईडल रवि ओडकी आमाको मृत्यु



दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट  लागेर मृत्यु भएको छ।

करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षिया विस्नालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो।

सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्‍याउँदा ओडको मृत्यु भइसकेको थियो।

घटना सम्बन्धीको पूर्ण विवरण आउन भने बाँकी रहेको छ।

बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याको थियो।

रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्