म २५ वर्षीया विवाहित महिला हुँ। मेरो पाँच वर्षको बच्चा छ। मलाई अहिले यौनसम्पर्कमा खासै रुचि हुँदैन। श्रीमान् यौनसम्पर्कका लागि आग्रह गर्नुहुन्छ तर मलाई मन लाग्दैन । मलाई किन यसो भएको होला ? यही कारण कतै घरबार बिग्रेला कि भन्ने डर लागिरहेको छ । यस्तो अवस्थामा के गर्न सकिन्छ ?
श्रीमान्–श्रीमतीबीच शारीरिक सम्पर्क बन्द भएपछि उनीहरूबीचको सम्बन्धमा पनि खटपट सुरु हुन्छ भन्ने मान्यता राख्नेहरू धेरै छन्। जवानी छ“दै दम्पतीबीच सहवास नहुनु भनेको निश्चय पनि राम्रो होइन। सहवास नहुँदा मनमुटाव बढ्छ, अविश्वास पैदा हुन्छ र अन्तिममा दाम्पत्य जीवन नै टुंगिन बेर लाग्दैन । सहवासले दम्पतीमा एकअर्काप्रति विश्वास बढाउ“छ र सम्बन्धलाई अझै बलियो र दिगो बनाउँछ।
बच्चा भएपछि पनि उत्साहमय बनाउने यौन जीवनका नयाँ टिप्स
एक सन्तान भएपछि कसैले पनि यौनको चाहना सकियो भन्ने ठान्न हुँदैन । कतै बिहे गरेपछि यौन बिनाको दाम्पत्य जीवन बिताउनतर्फ त लाग्नुभएको छैन ? त्यसो होइन्, बरु यसलाई अझ उत्साहमय बनाउने प्रयत्न गर्नुतर्फ लाग्नुपर्छ । यसका लागि केही उपायहरु यस्ता छन्ः
१. सेक्सको महत्व
जो कोहीले पनि सेक्सलाई विशुद्ध सन्तानोत्पादनका लागि आवश्यक क्रिया ठान्न हुँदैन् । दाम्पत्य जीवनलाई सुखमय, रंगिन र उत्साहप्रद बनाइराख्न श्रीमान–श्रीमतीबीचको आत्मियतालाई टिकाइराख्न सेक्स आवश्यक छ भन्ने कुरालाई स्वीकार गर्नुस् ।
२. आत्मीयता
श्रीमानको महत्व बच्चा जन्माउने बेलामा महिलाले अझ राम्रोसँग बुझ्छन् । श्रीमानले दाम्पत्य जीवनमा श्रीमतीको त्याग, बलिदान आदिलाई नजिकबाट महसुस गर्छन् । यसले दुईबीचको प्रेमलाई अझ सघन बनाउँछ ।
३. रोमान्टिक कोठा
सुत्केरी श्रीमतीको कोठामा केही सातापछि मधुर रोमान्टिक गीतको मन्द धुन लगाउने, फूल राख्नेलगायत रोमान्टिक वातावरण निर्माण गर्ने प्रयास गर्नुस् । यसले महिलाको शरीरमा सेक्स हार्मोनको उत्सर्जनलाई तीव्र बनाउँछ र तपाईंको रोमान्टिक दिनचर्या चाँडो नजिकिन्छ ।
४. सचेत
बच्चा जन्माउँदा कतिपय महिलालाई एप्सिटमी नामक छोटो सर्जरी गरिएको हुन्छ । बच्चा जन्माएपछि सेक्समा सरिक हुँदा टाँका लगाएको ठाउँमा दुख्न सक्छ । सर्जरी गरेको छदेखि आठ हप्ताभित्रमा सर्जरीको असर प्रायः हटेर जान्छ र यौनांग पूर्ववत अवस्थामा आउने क्रम तीव्र बन्छ । सर्जरी गरेको ठाउँमा सेक्स गर्दा दख्खल त पुग्दैन भन्नेमा सचेत रहनुपर्छ । यदि दख्खल पुग्ने सम्भावना छ भने फोरप्ले आदिबाट चित्त बुझाउनुपर्छ ।
५. मन प्रसन्न
मन प्रसन्न हुने काम गर्दा शरीरमा एड्रनेलिन नामक रसायन उत्सर्जन हुन्छ, जसले दम्पतीलाई सेक्सको मुडमा पु¥याउँछ । यसका लागि दुवैजनालाई मन पर्ने फिल्म हेर्ने, गीत सुन्ने आदि गर्नुपर्छ । तनाव भएको छ भने रुचीको काम गरेर चित्तलाई प्रसन्न राख्नुपर्छ।
६. रुची
सन्तान प्राप्तिपछि श्रीमतीलाई आफू कम आकर्षक भएको चिन्ता हुनसक्छ । श्रीमतीलाई यस्तो महसुस गर्न नदिन आफू उनीप्रति अझै आकर्षित भएको र सेक्स गर्ने दिनलाई व्यग्रतापूर्वक पर्खिरहेको संकेत दिनुस् । यसले उनलाई राहत र मानसिक शान्ति दिन्छ ।
source: online24post
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।