सम्बृद्ध नेपाल निर्माणमा माओको दर्शन सम्झन लायक : प्रचण्ड



काठमाडौं । चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको १२६ औं दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । डिसेम्वर २६ मा विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्तिमान्दै स्मरण गर्ने गर्छन ।

नेपालका केही कम्युनिष्ट पार्टीहरुले पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाउने गरेका छन् । यसै अवसरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको जनाएको छ । विप्लवको पार्टीले प्रज्ञा भवनमा आज आयोजना गरेको कार्यक्रममा सो पार्टीका शीर्ष नेताहरु सहभागी हुने बताइएको छ ।

तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार एक शन्देश जारी गर्दै चिनियाँ नयाँ जनवादी क्रान्तिका महान् नेता कमरेड माओ–त्सेतुङको जन्म दिवसका शुभकामना व्यक्त गरेका छन् । ‘यो दिवसका अवसरमा संसारभरका मुक्तिकामी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु’प्रचण्डले भनेका छन् ।

त्यस्तै प्रचण्डले माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाएको स्मरण गर्दै माओले विकास गरेको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहने बताएका छन् ।

विश्व कम्युनिस्ट आन्दोलनमा अध्यक्ष माओका योगदानहरूलाई ‘माओवाद’ कारूपमा संश्लेषण गरिएको छ । माओकै समयमा सोभियत संघमा प्रतिक्रान्ति भएको थियो भने चीनमा तेङमण्डली प्रतिक्रान्तिको झन्डा उठाउन थालिएको थियो । रुस र आफ्नै पार्टीको दक्षिणपन्थीविरुद्ध माओले सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गरेका थिए ।

सन् १८९३ डिसेम्वर २६ का दिन चिनको साओसानमा जन्मिएका माओलाई विश्वभरीनै कम्युनिस्ट विचारक र आस्थाकोरुपमा लिने गरिन्छ । उनको सन् १९७६ सेप्टेम्बर ९ मा चीनको बेइजिङमा मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्