अचम्मका कुरा

सेक्स गर्दागर्दै महिलाको योनाङगमा गोली लागेपछि….

By थाहा अनलाइन

August 06, 2017

सेक्स गर्ने क्रममा भएको गल्तीका कारणमा महिलाको यौन अंगमा गोली लागेको छ । जसका कारण उनी गम्भीर घाइते भएकी छन् । यो घटनामा मुद्दा चलिरहेको छ। ४७ वर्षका डेभिड एन्ड्रयु जेफर्सका साथ ४६ वर्षीया महिला यौन गतिविधिमा लिप्त थिइन् । जनवरी महिनामा स्टाकपोर्टको एउटा होलमा उनीहरु यो कर्ममा लिप्त थिए। उनीसँग यौन क्रियामा संलग्न रहेका पुरुषले जेफर्डले पनि आफ्नो ज्यान जोखिममा रहेकाले आफूले बन्दुक राखेको स्वीकार गरेका छन् । जेफर्डलाई यो मुद्दामा दश वर्षको जेल सजाय भएको छ। घटना अनुसार दुवै प्रेमालाप गरिरहेका थिए तब अचानक पेस्टोलको ट्रिगर थिचियो । ग्रेटर मैनचेस्टर प्रहरीले यो घटनालाई आश्चर्यमा पार्ने र डरलाग्दो बताएको छ। यो मुद्दाको सुनुवाई मिनशुल स्ट्रीट कोर्टमा भएको हो । यो घटनापछि जब प्रहरी घटनास्थल पुग्यो तब पीडित महिला रगतमा लतपतिएकी थिइन् । महिलाको पेट नराम्रोसँग क्षतिग्रस्त भएको थियो । प्रहरीका अनुसार महिलालाई तत्काल अस्पताल लगियो, जहाँ उनको सर्जरी भयो । उसैसँग यौन गतिविधिमा रहे पनि अस्पताल पुगेपछि महिलाले जेफर्डलाई खराब मानिस बताएकी थिइन् । सीसीटीभी फुटेजका अनुसार जेफर्ड होटलबाट पिकेडिली स्टेशनका लागि निस्किएका थिए । उनी लिड्सका लागि ट्रेन चढेका थिए । जेफर्डलाई पक्राउ गर्न प्रहरीले निकै हैरानी सहेको थियो । यो घटनाको छानविन गरिरहेका इन्स्पेक्टर रोजर एडवर्डसले भने–यो डरलाग्दो घटना थियो। यसका कारण महिलाको जिन्दगी पूर्ण रुपमा बद्लियो । यो घाउबाट महिला कहिल्यै मुक्त हुन सक्ने छैनन् । मैले अहिलेसम्म जति अपराधको सामना गरेँ, त्यो सबैमध्ये यो सबैभन्दा संगीन थियो । एजेन्सी