महिला हिंसाका उजुरी बढे……….



काठमाडौं , ।  महिला हिंसाका उजुरी बढे  । पछिल्लो समय महिला हिंसास“ग जोडिएका उजुरी अदालतमा आउन थालेका छन् । जनचेतना विस्तार र महिलामैत्री कानुन भएका कारण हिंसास“ग जोडिएका मुद्दा अदालतमा दर्ता हुने क्रम बढेको हो ।

दैनिक १० उजुरी आउने गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिएका छन् । राष्ट्रिय महिला आयोग, स्थानीय निकाय, प्रहरी र अदालत महिला हिंसाका घटनाहरू दर्ता हुने निकाय हुन् ।

त्यस्तै, दैनिक १० वटा दर्ता विवाह हुने गरेका छन् । २०७५ भदौदेखि मंसिर मसान्तसम्म १०२ बलात्कारसम्बन्धी उजुरी दर्ता भएको काठमाडौं जिल्ला अदालतको तथ्यांकमा उल्लेख छ । मुख्यतः आपसी समझदारी, वैदेशिक रोजगार, गरिबीका कारण सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन् ।

अधिवक्ता जयाराम श्रेष्ठले शिक्षाका कारण पनि हिंसाका उजुरी संख्या बढ्दै गएको जानकारी दिए । महिला हिंसा र बालबालिकास“ग जोडिएका मुद्दा मुख्य न्यायाधीशकै बेन्चबाट हेर्ने व्यवस्था मिलाउने सहमति भएको पनि अधिवक्ता श्रेष्ठले बताए । त्यस्तै, जिल्ला अदालत काठमाडौंले पनि महिला तथा घरेलु हिंसाका मुद्दामा निरन्तर सुनुवाइ गर्न थालेको छ  ।

काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणी, घरेलु हिंसालगायत मुद्दामा छिटोछरितो प्रक्रिया अपनाइएको हो । घरेलु हिंसाका मुद्दा छिटोछरितो टुंग्याउन

‘फास्टट्र्याक कोर्ट’ गठन माग उठ्दै आएको थियो ।यसैबीच, अति विपन्न र पीडितका लागि वैतनिक वकिल व्यवस्था गरिएको छ ।पर्याप्त प्रचार अभावमा विपन्न व्यक्तिको पहुँच वैतनिक अधिवक्तासम्म पुग्न सकेको छैन । अदालतको ढोकासम्म आइपुगेपछि ‘कोही पनि न्याय नपाई फर्कन नपरोस्’ भनेर वैतनिक वकिल व्यवस्था गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्