जाडोमा किन पर्छ चायाँ ? यी हुन् बच्ने उपाय…



गर्मि महिनामा भन्दा जाडो महिनामा कपालमा बढी चाया पर्ने गर्दछ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहने भएकाले चायाँ परेको हो। यस्तो वेलामा टाउकोमा सेता मसिना फुस्रा दागहरू देखिन्छन् जसलाई चाया भनिन्छ ।

चाया पर्ने कारण

सरसफाइ पनि चायाको कारक हो । सरसफाइमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।

त्यस्तै, सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ । लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ ।

बच्ने उपाय
सरसफाइ र सन्तुलित भोजनले चाया हटाउन ठूलो भूमिका खेल्छ । भिटामिनयुक्त खाना, नियमित रूपमा कपाल नुहाउँदा, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्छ ।

जटिलता
चायाको समस्यालाई शतप्रतिशत निको पार्न गाह्रो छ । तर, यसको असरलाई कम गर्न भने त्यति गाह्रो छैन । तर, चायाले तालु रातो हुने, चिलाउने र रगत बग्ने, पोल्ने र छाला खुइलिने जस्ता समस्या हुन्छ ।

यसको असर बढ्दै गएमा तालुको छालासमेत खुइलिन सक्छ र यसको असर अनुहारतर्फ पनि सर्छ । त्यसैले यस्ता समस्या आयो भने चिकित्सककहाँ जानु अत्यावश्यक हुन्छ । चायाले कपाल झर्नेजस्ता समस्या पनि सिर्जना गर्न सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्