समाजसेवी परियारले एकहजार इट्टा दान गर्नै



महेन्द्र सिंह, दाङ ।

तुलपसिपुर उपमहानगरपालिका वडा नं ३ राम्रिमा भएको बहुचर्चित, दुःखद् तथा अकल्पनिय दुर्घटना स्थलमा शिन्दूहरुका आराध्य देव विश्वकमा वाको मन्दिर निर्माण गरीने भएको छ ।

हिन्दू धर्मशास्त्रानुसार मृतकहरुको आत्माको शन्ति र नकारात्मक लक्षणहरुको निबारणका लागि डि.एल. डान्स एकेडेमि तथा राम्रिस्थित सामुदायिक होमस्टेका संचालक द्रोण आचार्यको संयोजनमा मन्दिरको स्थापना गर्नलागिएको हो ।

मन्दिर स्थापनाका लागि घोराही उपमहानगरपालिका वडा नं १५ निबासी परियार समाज सेवा दाङका अध्यक्ष केशव परियारले एक हजजार एक नम्बरी ईंटा सहयोगको घोषणा गर्नुभएको छ ।

पाण्डवेश्वरी यातायात प्रा.लि.का वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका परियारले जिल्लामा शैक्षिक, आर्थिक तथा भौतिक सहयोग गर्दै आईरहनुभएको छ ।

यस अधिपनि पटक पटक सो स्थानमा भयानक दुर्घटनाहरुभएको स्थानीयबासीहरुले जनाएका छन् । पौष ६ गते घोराही स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयको शैक्षिक अध्ययन अबलोकनको टोली दुर्घटनाग्रस्तहुँदा २३ जनाको स्पट डेथ भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्