नेपालगंज भन्सार कार्यालय द्धारा ५ अर्ब ३ करोड १३ लाख ४३ हजार भन्सार असुलि



 बिष्णुकुमार देवकोटा ।

देशको प्रमुख नाकाको रुपमा रहेको नेपालगंज भन्सार कार्यालयको भन्सार असुली १ सय ५६.५५ प्रतिसतले बृद्धिभएको छ ।

श्रावण देखि मंसीर सम्मको भन्सार असुली ५ अर्ब ३ करोड १३ लाख ४३ हजार भन्सार असुलि गरेको भन्सार कार्यालय नेपालगंजका प्रमुख शान्तिराम निरौला जानकारी दिनुभयो । जबकि गतसाल सोह अबधिमा भन्सार असुलि ३ अर्ब २० करोड ३८ लाख ४६ हजार असुलि भएको थियो ।

यो आँकडा गतबर्षको श्रावण देखि मंसीर सम्मको भन्सार असुलिको तुलनामा १ सय ५५. ५६ प्रतिसतले बृद्धिभएको भन्सार कार्यालय प्रमुख शान्ति राम निरौलाले जानकारी दिनुभयो ।

चालु अब २०७५÷७६ को लक्ष्य १२ अर्ब ३३ करोड १ लाख १६ हजार रुपैया रहेको र सो लक्ष्य सजिलै पुराहुने प्रमुख निरौलाले बताउनुभयो ।

श्रावण देखि चालु महिना पौष सम्मको ५ अर्ब ५१ करोड २५ लाख ७४ हजार रुपैयाँ असुलि भएको भन्सार कार्यालय नेपालगंजले जानकारी दिएको छ । लक्ष्यको तुलनामा अहिले सम्मको प्रगति १०७ प्रतिसत रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्