अपराध

सडेको अवस्थामा बच्चाको शव भेटियो

By थाहा अनलाइन

December 26, 2018

धरान उपमहानगरपालिका–५ स्थित सेउती खोलामा रहेको पक्की पुलमुनि सडेको अवस्थामा बच्चाको शव भेटिएको छ। बर्कोले बेरेर फालेको अवस्थामा भेटिएको बच्चको शव निकै अगाडि फालिएकोले सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदनकुमार तिम्सिनाले जानकारी दिए ।

शवलाई प्रहरीचौकी पानवारी वडाका जनप्रतिनिधि र बाँझगार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको उपस्थितिमा मुचुल्का उठाएर सोही ठाउँमा आज पुरिएको छ। गाडेको अवस्थामा जनवारले निकालेको हुनसक्ने निरीक्षक तिम्सिनाले जानकारी दिएका हुन् ।