पत्रकारलाई सभामुख महराको यस्तो व्यवहार नगर्न आग्रह..



काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारलाई आग्रह गरेका छन्। सभामुख महराले देश र जनताको पक्षमा दृढतापूर्वक उभिदै संसद र संसदीय गतिविधिलाई जनता माझ पुर्‍याई दिन पनि पत्रकारहरूलाई आग्रह गरेका हुन। उनले पत्रकारले जहिले पनि सत्यतथ्य कुराहरु मात्र जनता सामु पु¥याएर सहयोग गर्ने पनि सम्पुर्ण पत्रकार सगँ आग्रह गरेका छन।

संसदीय मामिला पत्रकार समाजको नयाँ कार्य समितिलाई पद हस्तान्तरणका लागि सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलोको रूपमा रहेको संघीय संसदको सबै गतिविधिलाई जनतामाझ सञ्चार गराउन पनि संसदीय मामिला पत्रकार समाज सफल हुने विश्वास व्यक्त गरे। उनले संसदको काम कारबाहीलाई सार्थक बनाउन रचनात्मक सहयोग गर्न पनि संसदीय मामिला पत्रकार समाजका नयाँ नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्