‘द भ्वाइस अफ नेपाल’ सिजन–२ सुरु हुँदै



काठमाडौं ,पुस ११ – सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ चाँडै सुरु हुने भएको छ । सिजन–२ का लागि ‘द भ्वाइस अफ नेपाल’ले चाँडै डिजिटल अडिसन सुरु हुने जनाएको छ ।“छिट्टै नै द भ्वाइस अफ नेपालको दोस्रो सिजनको डिजिटल अडिसन सुरु हुँदैछ । दूरदराजमा बस्ने आवाजका धनीहरुलाई डिजिटल अडिसनले मुलधारमा ल्याउने भूमिका खेलोस्,” ‘द भ्वाइस अफ नेपालले आफ्नो अफिसियल फेसबुक पेजमा लेखेको छ ।

सिजन वान सकिएको केही समयमै भ्वाइसले सिजन–२ सुरु हुन लागेको जनाएको हो । सिजन वानको विजेता पोखराका सिडी विजय अधिकारी भएका थिए ।तर, कहिलेबाट डिजिटल अडिसन सुरु हुन्छ, त्यो भने स्पष्ट पारिएको छैन । भ्वाइसमा सुरुमा भ्वाइस रेकर्ड गरेर पठाएपछि उक्त भ्वाइसमा सम्भावना देखिएको खण्डमा ब्लाइन्ड अडिसनका लागि बोलाइन्छ । सिजन वानका १०८ जना ब्लाइन्ड अडिसनका लागि छनोट भएका थिए।

देशको दूरदराजमा रहेका तथा विदेशमा बसोबास गर्ने प्रतिभालाई सहजै पहुँच प्राप्त होस् भनेर भ्वाइसले डिजिटल अडिसन लिने गरेको छ । सिजन वानमा भारतका विभिन्न ठाउँबाट नेपाली भाषी डिजिटल राउन्ड अडिसन हुँदै अघिल्ला चरणहरुमा पुगेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्