अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु



साँखु। काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ। मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुङ्गाना सुत्केरी गराउन शङ्खरापुर अस्पताल पुगेका थिए।

सुत्केरी गराउने क्रममा चिकित्सकको लापरवाही र असावधानीका कारण आमा र बच्चा दुबैको मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा जम्मा भएर विरोध गरिरहेका छन्।

ढुङ्गानाको मृत्यु चिकित्सकको लापरवाहीले भएको भन्दै लापरवाही गर्ने चिकित्सकलाई तत्काल कारवाही गर्नुपर्ने र क्षतिपूर्तिसहितको माग पीडितका आफन्तले राखेका छन्।

अस्पतालले आमा र बच्चाको मृत्युपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाएको थियो। शङ्खरापुर अस्पतालमा मृत्यु भएपछि आफू पन्छिनको लागि अस्पतालले शिक्षण अस्पताल पठाएको भन्दै स्थानीयवासी र आफन्तजनको भीड यतिखेर अस्पताल परिसरमा जम्मा भएको छ।

शिक्षण अस्पताल महाराजगञ्ज पुग्नेबित्तिकै अस्पतालले मृत घोषणा गरेको आफन्त बताउँछन्। अहिले पीडित र अस्पताल व्यवस्थापनबीच छलफल भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्