अदालतबाटै अभियुक्त फरार



काठमाडौ । जिल्ला अदालत, काठमाडौंको परिसरबाट हत्कडीसहित एक अभियुक्त फरार भएका छन् ।प्रहरी हाताबाटै काठमाडौंले चोरी मुद्दामा फरार सिन्धुपाल्चोकका लालकाजी तामाङलाई अदालतमा बुझाएलगत्तै उनी पुनः फरार भएका हुन् ।प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले उनको खोजी भइरहेको बताए । उनले ‘उनलाई हाम्रो टोलीले बुझाएर आएको थियो । त्यसलगत्तै फरार भएको सूचना आएपछि खोजीमा टोली परिचालन गरेका छौं बोगटीले भने।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्