बालुवा तस्कर र स्थानीय बिच झडप– दुई जना घाईते, भिडियो सहित



बिष्णुकुमार देवकोटा

दाङ । ग्वारखोलामा रातको समयमा नदिजन्य पदार्थको तस्करी गर्न हिंडेको एक समुहलाई प्रतिकार गर्दा स्थानीय घाईते भएका छन् । तस्कर समुहको खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका वडा नं १८ गर्पाली टोलका भोला कामी र पिमलाल कामी घाइते भएका छन । गत पुस ८ गते ग्वारखोलामा बालुवा तस्करी गर्न गएका समुहलाई स्थानीयले रोक्न खोज्दा दुबै पक्ष बिच झडप भएको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ गर्पाटोलका स्थानीय तिलक घर्तिले जानकारी दिनुभयो ।

स्थानीय र तस्करी विच राती पौने दशबजे झडप भएको घर्तीले जानकारी दिनुभयो ।हतियार सहित आएका तस्करहलाई रोक्न खोज्दा हामि माथी आक्रमण भएको अर्का स्थानीयवासी नर बहादुर घर्तिले आरोप लगाउँनुभयो ।स्थानीयले बालुवा तस्करीका लागि प्रयोग गरीएको रा १ त ३०९१ नम्बरको ट्रेक्टरलाई नियन्त्रणमा लिएका थिए । बालुवा तस्करमा संलग्न बसन्त ओली सहित १० ÷१२ जना समुह घरेलु हतियार लिएर स्थानीय माथि आक्रमण गरेको घर्तीको भनाई छ ।


प्रतिकारमा दुवै तर्फबाट ढुङ्गा प्रहारहुँदा स्थानीय र तस्कर समूहका घाइतेभएको स्थानीय कमान सिंह घर्तिले जानकारी दिनुभयो ।घटनामा परि बसन्त ओली पनि घाईते भएका छन् । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले तस्करमा संलग्न रा.१.त.३०९१ नम्बरको ट्रेक्टर र स्थानीयलाई आक्रमण गर्नका लागि प्रयोग गरिएको खुँडा/खुकुरी नियन्त्रणमा लिएको छ ।उक्त समुहले हाम्रो बिरोध गर्ने सबैलाई सिध्याउनुपर्छ भन्दै आक्रमण गरेको घाईते भोला बिकले जानकारी दिनुभयो ।
सोही रात स्थानीय चन्द्रि खड्काको घरको ताला फोड्ने प्रयास गरेको अर्का स्थानीय तिलक घर्तिले जानकारी दिनुभयो । पीमलालको कान र टाउकोमा गम्भिर चोट लागेको र थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना समेत गरीएको घर्तिले जानकारी दिनुभयो । उहाँका छोरा भोला बिकको राप्ति अञ्चल अस्पताल तुलसीपुरमा उपचार गरिएको थियो । घटना पश्चात तस्कर समुहको जत्था सहित मोटरसाईकलमा जाँदै धम्क्याउने, फोनमा अर्को दिन देख्न पाउँदैनस् आज जति मोज गर्नै हो गर भनि स्थानीयहलाई समेत धम्काउँने गरेको गाउँलेहरुको भनाई छ।
घाईते पिमलालले बसन्त ओलीको नामामा ज्यानमार्नै उद्योग अन्तर्गत इलाका प्रहरी कार्यालय तुलसिपुरमा किटानी जाहेरी दर्ता गराईएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीले जानकारी दिनुभयो । घटनामा संलग्न ओलीकै विरुद्धमा जिउ ज्यानको सुरक्षा गरीपाउँ भन्दै स्थानीय तिलक घर्ति र चन्द्रि खड्काको नामामा किटानी जाहेरी दर्ता गरिएको शाहीले जानकारी दिनुभयो । यस्तै स्थानीय गाउँलेहरुले जिउ ज्यानको सुरक्षाका मागगर्दै जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख एसपी बेल बहादुर पाण्डेलाई छलफल गरेका छन ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख पाण्डेले जनताको जिउ ज्यानकोसुरक्षा प्रहरीको दायित्व रहेको भन्दै फरार बसन्त ओलीको खोजी कार्य भैरहेको पाण्डेले जानकारी दिनुभयो ।स्थानीयले घटनामा संलग्न बसन्त ओलीलाई बचाउनका लागि राजनैतिक लबिङ सुरु गरेका आरोप समेत लगाएका छन् ।घटना भएको ८१ घण्टा पुग्दा पनि संलग्न किन पक्राउ पर्न नसेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।जिल्लामा पछिल्लो समय तस्कर समुह र डनहरुको बोलबाला चल्न थालेको हो भन्दै सर्वसाधारण त्रसित बनेका छन् । सर्वसाधारणको सुरक्षाका लागि क्यूआरटि टिम, मोबाइल पेट्रेलिङ्ग बढाउने तथा सुरक्षा गस्ति बढाउने प्रहरीले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्