अमेरिकाद्वारा पेरिस सम्झौताबाट हटेको जानकारी



सैघाली खबर,
वासिङटन २२ साउन । संयुक्त राज्य अमेरिकाले आफू जलवायु परिवर्तनसम्बन्धि पेरिस सम्झौताबाट हट्ने संयुक्त राष्ट्रसंघलाई जानकारी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघको अगुवाइमा निकै लामो छलफलपछि ऐतिहासिक उपलब्धि मानिएको सन् २०१५ को पेरिस जलवायु सम्झौतामा सहभागी नहुने भनी दुई महिनाअगाडि गरेको निर्णय अब कार्यान्वयन गर्न लागिएको वासिङटनलाई जानकारी दिएको छ ।
यद्यपि अमेरिकी विदेश मन्त्रालयबाट प्रकाशित एक विज्ञप्ति प्रकाशित गरी वासिङटन अझै पनि विश्वको हरितगृह ग्याँस उत्सर्जनमा प्रभावशाली रूपमा न्यूनीकरण गर्नेतर्फ र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय समुदायको संघर्षमा साथै दिने बताएको छ ।
विदेश मन्त्रालयका अनुसार बहिर्गमनको प्रक्रिया पूरा नहुन्जेल अमेरिका जलवायु परिवर्तनसम्बन्धी सम्भाmैता र छलफलमा सहभागी हुने बताएको छ । बहिर्गमनको औपचारिक प्रक्रिया सन् २०२० अगाडि अमेरिकाले पूरा गर्न सक्नेछैन ।

राष्ट्रपति ट्रम्पले पेरिस सम्झौताले अमेरिकालाई अर्बौं डलरको नोक्सानी हुने, रोजगारी गुम्ने र देशभित्रका ऊर्जा तथा उत्पादनसम्बन्धी उद्योगमा क्षति पुग्ने बताउँदै आएका छन् । हरितगृह ग्याँस उत्सर्जनमा प्रभावशाली रूपमा न्यूनीकरणका लक्ष्यसहित २ सय देशले हस्ताक्षर गरेको पेरिस सम्झौताले अमेरिकालाई घाटा पु¥याउने ट्रम्पले राष्ट्रसंघलाई पठाएको पत्रमा उल्लेख गरेको बताइएको छ ।
विश्वभरका नेताहरूले जलवायु परिवर्तनविरुद्ध लड्न यो पेरिस सम्झौता एउटा कोसेढुंगा रहेको जनाउँदै स्वागत गरिसकेका छन् । नेताहरूको भनाइमा पेरिस सम्झौता अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा एउटा विजय हो, विश्व अर्थतन्त्रका लागि वरदान हो र यो आज पनि उत्तिकै सत्य हो ।
आज हामीले सामना गर्नुपरेका धेरै किसिमका चुनौतीमध्ये जलवायु परिवर्तन विश्वलाई नै प्रभावित तुल्याउने एउटा विशिष्ट मुद्दा हो । यसले पृथ्वीका हरेक जीवनमाथि प्रभाव पार्दछ – पर्यावरण र खाद्य उत्पादनदेखि सहर र औद्योगिक आपूर्ति प्रणालीसम्म यसको असर हुन्छ । जलवायु परिवर्तनलाई केवल ‘वातारणीय’ समस्याका रूपमा मात्र हेर्नु त्यो महाभूल भएको विश्व समुदायको भनाइ छ ।
फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले केही समयअघि पेरिस भ्रमणमा रहेका ट्रम्पलाई जवलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कायम राख्न आफूले ट्रम्पलाई मनाएको विश्वास व्यक्त गरेका थिए । पेरिस जलवायु परिवर्तन सम्झौता परिमार्जनबारे ट्रम्पले राखेको प्रस्ताव विश्वका नेताले अस्वीकार गरिसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्