अग्निपिडित घिमिरेलाई ९ लाख सहयोग



दाङ । अग्निपिडित भिम घिमिरेलाई ९ लाख सहयोग प्रदान गरिएको छ ।अन्नपूर्ण सप्लायर्सका भिम घिमिरेलाई विभिन्न संघ संस्थाले नगद रकम सहयोग गरेका हुन । विद्युत्त सर्ट भएर आगलागी हुदा जुत्ता ब्यबसायि भिम घिमिरेको घर ,पसल र गोदाम जलेर पुर्णरुपमा नष्ठ भएको थियो । स्थानीय तहहरुको सहयोगमा आज सम्ममा झन्डै ९ लाख बढि संङ्कलन गरिएको थियो ।

तुलसीपुर उधोग बाणिज्य सङघको अगुवाइमा विभिन्न उपसमिति तथा ब्यबसायिहरुले स्वतः स्फुर्तरुपमा घिमिरेलाई सहयोग गर्ने क्रम अझैसम्म जारी रहेको सङघका अध्यक्ष बिरबहादुर रावतले जानकारी दिनुभएको छ । संघले सुरुमा ५१ हजार सहयोग प्रदान गरेको अध्यक्ष रावतले जानकारी दिनुभयो । यता आज राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायि समितिले २५ हजार ५ सय ५५ रुपैया सहयोग प्रदान गरेको छ ।समितिका अध्यक्ष सुरेश हमाल ,कार्यसमितिका पदाधिकारी र कार्यालयप्रमुख सिताराम शर्माले पिडित ब्यबसायि घिमिरेको घरमै पुगेर नगद रकम हस्तान्तरण गर्नुभयको थियो । आगलागिबाट करिव पाच करोड बढिको क्षति भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्