राशिफल

पुष १२ गते विहिबारको राशिफल

By थाहा अनलाइन

December 27, 2018

विक्रमसम्वत २०७५ साल पुष १२ गते विहिबार नेपाल सम्बत ११३९ थिंल्लागा तदनुसार सन् २०१८ डिसेम्बर २७ तारिक कृष्णपक्ष पञ्चमी तिथि अपरान्ह १ वजेर ९ मिनेटसम्म उप्रान्त षष्ठी तिथि,मघा नक्षत्र अपरान्ह ५ वजेरसम्म उप्रान्त पूर्वफाल्गुनी नक्षत्र,प्रीतियोग,तैतिलकरण, आनन्दादियोग मुसल,सूर्य धनु राशीमा,चन्द्रमा सिंह राशीमा । दक्षिण दिशामा काल र उत्तर पाश रहनेछ । योगिनी दक्षिण र चन्द्रमा पूर्व दिशामा रहनेछ । कुनै पनि शुभ कार्यमा यी कुराको विचार गर्नु राम्रो हुन्छ । काल,पाश र योगिनी सम्मुख पार्नु राम्रो मानिन्न ।

मेषः–भ्रम मुक्त हुन आवस्यक देखिन्छ । योजना बनाएर काम गर्नु होला थोरै सफलता मिल्नेछ । काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ सचेत रहनु होला । अरुको भरमा काम नगर्नु होला धोका हुनसक्छ । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ । नोकरी र राजनीतिमा अप्ठ्यारो पर्न सक्छ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । तनाव घट्नेछ ।

वृषः– काम गर्ने जोश जागर घट्नेछ । चिन्ता बढ्नेछ । कुरा धेरै,सोचाई बढि काम कम हुनेछन् । गरेका काममा आलोचना मुक्त देखिन्न । घरयासी समस्याले सताउनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । गाँठो बलियो गर्नुहोला धन माल हराउन सक्छ । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।

मिथुनः– काममा देखिएका समस्या कम हुनेछन् । बाधा अवरोध हट्ने छन् । कुरामा भन्दा काममा जोड दिनुहोला । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । कार्य क्षमता,दक्षता बढ्नेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आशाका अङ्कुर पलाउने छन् । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सहयोग गर्नेको भने कमै हुनेछन् ।

कर्कटः– सहयोगको आशामा काम नगर्नु होला । अस्थिरताले आफुलाई कमजोर बनाउनेछ । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । गरेका कामबाट सामान्य आम्दानी हुनेछ । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । शत्रु कमजोर हुनेछन् ।

सिंहः– समस्या कम भएर जानेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । साना तिना चुनौतिसँग नडराई काम गर्नु होला गन्तव्यमा पुग्न सकिनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । बाहिरी सम्बन्धमा सुधार आउनेछ । भोज भतेर सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

कन्याः– दिन प्रतिकुल देखिन्छ । काम गरेर अरुलाई कमाई दिने मात्र हुनेछ । अनावस्यक विषय बस्तुमा विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आवेगमा आएर कुनै निणर्य नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यर्थको घुमाई फिराई बढि हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । दुर्जनहरु भेटिने छन् ।

तुलाः– विगतका समस्या समाधान गर्न सक्षम हुनुहुनेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । परिवारबाट सहयोग पाईनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् । वोलीको प्रभाव बढ्नेछ ।

वृश्चिकः–पुराना समस्या समाधान हुनेछन् । भाग्यका साथै कर्म बलियो देखिन्छ । आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीतिमा अवसर खोजी हुनेछ तर सोचे जस्तो नहुन सक्छ । पढाई लेखाईमा प्रगति हुनेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । ज्ञान,शिप र दक्षताको विकास हुनेछ । अरुको आशामा काम नगर्नु होला ।

धनुः– समयमा सामान्य सुधार आउनेछ । बाहिरी काममा बढि समय दिदा हुनु पर्ने काम कम हुनेछन् । सामान्य खालको यात्रा हुनसक्छ । अर्थ अभावका कारण काममा ढिला सुस्ति हुनेछ । आस्था र विश्वास बढ्नेछ । व्यापारमा आएको मन्दि कायम रहनेछ । लेनदेन कारोवारमा सचेत रहनुहोला । सचेत हुनुहोला,आफन्तका कारण आर्थिक क्षय वेहोर्नु पर्ला ।

मकरः–दिन प्रतिकुल देखिन्छ । खर्च बढ्नेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आवेगमा आएर काम नगर्नु होला । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउनेछ । अरुको विश्वास र भरोसामा काम गर्नु भयो भने धोका खानु हुनेछ ।

कुम्भः–कुरा भन्दा काममा बढि ध्यान दिनु होला ग्रह,गोचर अनुकुल जस्तै देखिन्छ । स्त्रीका कारण लाभान्वित हुनुहुनेछ । कुनै पनि क्षेत्रमा निरास भएर फर्किनु पर्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सहयोग पाईनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मीनः– पाइला पाइलामा विचार पु¥याएर हिड्नु होला । तपाई माथि शत्रुको बक्रदृष्टि पर्नेछ । कार्य सम्पादनाम कठिनाइ हुनेछ । मेहनत नगरी काम बन्ने छैनन । कार्य गोपनियता आवस्यक देखिन्छ । बाहिरी काममा मन जानेछ नियन्त्रण गर्नु होला । व्यापार व्यवसायमा भने विस्तारै सुधार आउने देखिन्छ । पुराना मुद्धाको टुङ्गो लाग्न सक्छ । ऋण लगानीमा जोड नदिनु होला ।