विश्वविद्यालयको प्रयोगशालामा विस्फोट हुँदा तीन छात्राको मृत्यु



चीनको बेइजिङ विश्वविद्यालयको प्रयोगशालामा विस्फोट हुँदा तीन छात्राको ज्यान गएको छ । प्रयोगशालामा काम गरिरहेको बेलामा बुधबार बिहान विस्फोट भएको थियो । बेइजिङको दमकल विभागले घटनाको बारेमा जानकारी दिएको छ ।

विभागका अनुसार पर्यावराण इन्जिनियरिङ प्रयोशालामा फोहोर पानीको प्रयोगबारे काम गरिरहँदा विस्फोट भएको थियो । अल जजिराको रिपोर्ट अनुसार यो धमाकापछि प्रयोगशालामा आगलागी भएको थियो ।

स्थानीय सञ्चारमाध्यममा देखाइएको दृश्यमा त्यहाँ आगो र धुवाँ फैलिएको थियो ।  दमकल र स्थानीय प्रशासनको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । वास्तविकता पत्ता लगाउनका लागि घटनाको बारेमा अनुसन्धान भैरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्