इन्डोनेसियामा सुनामी आउँदा नेपालले दियो बधाई (बिज्ञप्ती सहित)



हालै इन्डोनेसियामा ज्वालामुखी बिस्फोटपछि आएको सुनामीले ४ सय भन्दा बढिको ज्यान गईसकेको छ कयौँ घरवार बिहिन भएका छन् । प्राकृतिक प्रकोपबाट बिक्षिप्त बनिरहेको इन्डोनेसिया र त्यहाँका जनतालाई सम्बोधन गर्दे नेपालको परराष्ट्र मन्त्रालयले एक बिज्ञप्ती जारी गरेको छ ।

जुन बिज्ञप्तीमा भने गम्भिर त्रुटि भेटिएको छ । परराष्ट्रले राष्ट्रपति कार्यालयको हवाला दिँदै जारी गरेको विज्ञप्तिमा सुनामीको कारण मानिसहरुको मृत्युको बिषयमा बधाई भनेर उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा “बधाई सन्देश पठाएको” लेखिएको छ।

पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि दोस्रो वाक्यमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको लेखिएको छ ।

द्दार तथा राहत अभियान सफल होओस् भन्ने सदीक्षा पनि राष्ट्रपति को नाममा लेखिएको बिज्ञप्तीमा उल्लेख छ । यसैबीच परराष्ट्र मन्त्रालयले असावधानीवश गल्ती भएको स्वीकार गर्दे बिज्ञप्तीलाई सच्चाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्