५८ लाखको बाइक अब नेपालमा !



नेपाली बजारमा ५७ लाख ९० हजार रुपैयाँसम्मका एमभी अगस्टाका बाइक खरिद गर्न सकिन्छ । आधिकारिक वितरक भेलोसिटीले लाजिम्पाटमा शोरुम स्थापना गरी एमभी अगस्टाका बाइकको बिक्री प्रारम्भ गरेको हो ।

हाल नेपालमा एमभी अगस्टाका ५ वटा मोडलका बाइक उपलब्ध छन् । तीमध्ये सबैभन्दा महँगो बाइक ९९८ सीसीको एफफोर ब्लान्को तथा एफफोर रोसो हो । यसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ छ ।

त्यसैगरी सबैभन्दा सस्तो बाइक एफथ्री ६७५ हो र यसको मूल्य ४१ लाख ९० हजार रुपैयाँ छ । त्यसैगरी ब्रुटाले ८०० आरआरको मूल्य ४३ लाख ९० हजार एवं ड्रयागस्टार आरआरको मूल्य ४६ लाख ९० हजार रुपैयाँ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्