आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५९ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै हिजो ५९ हजार १ रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ७ सय २५ रुपैयाँमा बारोबार भएको चाँदी आज चाँदी ७ सय ३५ रुपैयाँमा बारोबार भइरहेको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।