Selena Gomez Met Gala www.janaboli.com

मनोरञ्जन

चर्चित गायिका सेलेनाको मेकपले उड्यो मजाक

By थाहा अनलाइन

December 27, 2018

सामाजिक सञ्जालमा कहिले के त कहिले के को ट्रोल बनिरहेको हुन्छ । बलिउड र हलिउडका सुपरस्टारहरु त बेला–बेला ट्रोलको शिकार बनिनै रहेका छन् नेपाली कलाकारपनि बन्दै आईरहेका छन् । यो पटक भने सानै उमेरमा नै विश्व चर्चित बनेकी गायिका तथा नायिका सेलेना गोमेज पनि अहिले ट्विटरमा मजाकको पात्र बन्न् पुगेकि छिन् ।

केही दिन अघि बेलुकी आयोजना भएको ‘मेट गाला २०१८’ मा पुगेकी सेलेनाको मेकअपको निकै आलोचना गरिएको थियो । आकर्षक गाउन लगाएपनि ओभर मेकअपले सेलेनाको सुन्दरतामा मजाक बन्न पुग्यो । यसैले, धेरै फ्यानले सेलेनाको मेकअप हेर्दा आफूलाई डर लागेको समेत लेखेका छन् । कतिपयले, सेलेनाको यस्तो हालत कसले बनायो समेत लेखेका छन् । अर्कोतिर, कतिपयले सेलेनाको यस्तो तस्बिर लाइटिङका कारण आएको होस् भनेर कामना गरेका छन् । २५ बर्षकी यी सुन्दरीले भद्दा मेकअप गरेको भन्दै आलोचना भएपछि उनले प्रेस विज्ञप्ती नै निकालेकी छिन् । यसैले ख्याल गरौँ है ओभर मेकअप बन्ला नी गोबर । एजेन्सी ।