मान्छेले नै गर्छन् सञ्चारले गर्ने काम



कुटेचौरका ६२ वर्षिय मंगल वहादुर विक (कटुवाल)

तुल्सीराम वली
दाङ २२ साउन । गाउँ गाउँमा सुचना प्रविधिको विकास भएपनि ग्रामिन भेगमा भने अझैपनि सुचना दिने माध्यमका रुपमा कटुवालेलाई प्रयोग गर्ने गरिन्छि । गाउँका कटुवालेवाटै सामाजिक कामको सुचना जारी गरिन्छि ।
तुलसीपुर उपमहानगरपालीका वडा नं. १९ मा सञ्चारको काम अझैपनि कटुवालेवाट नै गरिन्छ । गाउँको विकास निर्माणको काम गर्दा, वनको घासदाउरा फडानी गर्दा, मर्दापर्दा, भोजभतेर तथा विवाहा, व्रतवन्ध, आदि कार्यगर्दा सवैले सुन्नेगरी अग्लो स्थानमा गएर चिच्चाएर सवैलाई थाहादिने काम कटुवालेको हो ।

यस्तै मध्यका एक हुन तुलसीपुर उपमहानगरपालीका वडा नं. १९ कुटेचौरका ६२ वर्षिय मंगल वहादुर विक (कटुवाल) उनकोे पुख्र्याैली पेशा नै हो । कटुवाल मंगलवहादुर विकले आफ्नो वुवाले गर्दै आएको पेशा वुवाको निधन पछि पञ्चायत कालदेखि नै आफुले गर्न सुरु गरेको र वुवाले समाल्दै आएका गाउँहरुमा आफुले काम गर्ने गरेको बताउछन् ।
उनले काम गर्दा सुरुका दिनहरुमा रातदिन हिठ्न र खोला तरेर वारपार गरी सुचना दिने काम गर्न निकै कठिनाई भएको वताउछन् । तर पछि काम गर्दै जाँदा उमेरपनि वढेकोले काम गर्नलाई सहज भएको थप्छन ।
कुराकै प्रसंगमा कटुवलले पुरानो संझना सुनाय (वावु म १० वर्षको थिए एकजनाको विहेको निम्तो भन्नलाइ ग्वारखोला पारी जानुपर्नेभयो खोला ठुलै आएको थियो । त्यसदिन विष्टको निम्तो भन्नलाई नगई नहुने त्यसैले खोला तर्नुपर्ने वाध्यता आईपर्यो ठुलै खोला तर्दा केहि तल त पुगीयो तर पनि वाच्न सफल भईयो लेखेर आएको भय मलाई वगाई हाल्थ्यो लेखेकै रहेन छ त्यसैले वाचीयो ) ८ वर्षको उमेरदेखि चर्को स्वरमा आवाज निकाली रहदा स्वर केहि धोद्रो भएको बताउने कटुवाल ६२ वर्षको भई सक्दा पनि यो पेशावाट थकित भएका छैनन् ।
यो पेशावाट घर परिवारलाई खान त पुग्दैन तर समाजले दियको पेशा हो यो पेशा वाट घर व्यवहार चलाउन केहि सहयोग भने भएको छ कटुवालले भने । उनले कटुवाले पेशा गरेवापत वडा नं. १९ को केही टोलका प्रत्येक घरवाट एक पाथी धान र चाडपर्वको वेला १÷२ माना चामल लिने गरेको वताउछन । साथै उनलार्ई गाउंघरमा हुने विभिन्न भोजभतेरमा गाउँलेहरुले वोलाउने गरेको पनि वताउछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्