कुटेचौरका ६२ वर्षिय मंगल वहादुर विक (कटुवाल)

फिचर

मान्छेले नै गर्छन् सञ्चारले गर्ने काम

By थाहा अनलाइन

August 06, 2017

कुटेचौरका ६२ वर्षिय मंगल वहादुर विक (कटुवाल)

तुल्सीराम वली दाङ २२ साउन । गाउँ गाउँमा सुचना प्रविधिको विकास भएपनि ग्रामिन भेगमा भने अझैपनि सुचना दिने माध्यमका रुपमा कटुवालेलाई प्रयोग गर्ने गरिन्छि । गाउँका कटुवालेवाटै सामाजिक कामको सुचना जारी गरिन्छि । तुलसीपुर उपमहानगरपालीका वडा नं. १९ मा सञ्चारको काम अझैपनि कटुवालेवाट नै गरिन्छ । गाउँको विकास निर्माणको काम गर्दा, वनको घासदाउरा फडानी गर्दा, मर्दापर्दा, भोजभतेर तथा विवाहा, व्रतवन्ध, आदि कार्यगर्दा सवैले सुन्नेगरी अग्लो स्थानमा गएर चिच्चाएर सवैलाई थाहादिने काम कटुवालेको हो ।

यस्तै मध्यका एक हुन तुलसीपुर उपमहानगरपालीका वडा नं. १९ कुटेचौरका ६२ वर्षिय मंगल वहादुर विक (कटुवाल) उनकोे पुख्र्याैली पेशा नै हो । कटुवाल मंगलवहादुर विकले आफ्नो वुवाले गर्दै आएको पेशा वुवाको निधन पछि पञ्चायत कालदेखि नै आफुले गर्न सुरु गरेको र वुवाले समाल्दै आएका गाउँहरुमा आफुले काम गर्ने गरेको बताउछन् । उनले काम गर्दा सुरुका दिनहरुमा रातदिन हिठ्न र खोला तरेर वारपार गरी सुचना दिने काम गर्न निकै कठिनाई भएको वताउछन् । तर पछि काम गर्दै जाँदा उमेरपनि वढेकोले काम गर्नलाई सहज भएको थप्छन । कुराकै प्रसंगमा कटुवलले पुरानो संझना सुनाय (वावु म १० वर्षको थिए एकजनाको विहेको निम्तो भन्नलाइ ग्वारखोला पारी जानुपर्नेभयो खोला ठुलै आएको थियो । त्यसदिन विष्टको निम्तो भन्नलाई नगई नहुने त्यसैले खोला तर्नुपर्ने वाध्यता आईपर्यो ठुलै खोला तर्दा केहि तल त पुगीयो तर पनि वाच्न सफल भईयो लेखेर आएको भय मलाई वगाई हाल्थ्यो लेखेकै रहेन छ त्यसैले वाचीयो ) ८ वर्षको उमेरदेखि चर्को स्वरमा आवाज निकाली रहदा स्वर केहि धोद्रो भएको बताउने कटुवाल ६२ वर्षको भई सक्दा पनि यो पेशावाट थकित भएका छैनन् । यो पेशावाट घर परिवारलाई खान त पुग्दैन तर समाजले दियको पेशा हो यो पेशा वाट घर व्यवहार चलाउन केहि सहयोग भने भएको छ कटुवालले भने । उनले कटुवाले पेशा गरेवापत वडा नं. १९ को केही टोलका प्रत्येक घरवाट एक पाथी धान र चाडपर्वको वेला १÷२ माना चामल लिने गरेको वताउछन । साथै उनलार्ई गाउंघरमा हुने विभिन्न भोजभतेरमा गाउँलेहरुले वोलाउने गरेको पनि वताउछन् ।