अचम्मका कुरा

गोरो बच्चा जन्मिँए मृत्युदण्ड

By थाहा अनलाइन

December 27, 2018

हाम्रो समाजमा अधिकांशले गोरो छालालाई सुन्दरताको प्रतीक मान्दछन् । तर भारतको एउटा टापुमा त्यस्तो छैन । जहाँ बच्चा जति कालो भयो उति नै राम्रो मानिन्छ ।

जब बच्चा गोरो जन्मिन्छ, त्यस्तो बच्चालाई मृत्युदण्ड दिइन्छ । अण्डमान टापुमा बस्ने एउटा जनजाति समुदायमा यस्तो प्रचलन रहेको छ । जन्मिने बच्चा कालो नै हुनुपर्दछ ।

यदि कालो भएन भने त्यो उनीहरुको समुदायमा घुलमिल गर्न सक्दैन भन्ने मान्यता हुन्छ । जन्मिने बच्चाको रङ कालो होस् भन्नका लागि गर्भवती महिलालाई जनावरको रगत खुवाइन्छ ।

यदि गोरो बच्चा जन्मिएमा त्यस्तो बच्चालाई बाँच्ने हक हुँदैन । नवजात शिशुलाई समुदायका मानिसहरुले आमाबाट छिनेर लग्छन् र मारेर गाड्दछन् ।