ग्वारखोला घटनाका मुख्य आरोपी पक्राउ, को हुन् त बसन्त वली ? भिडियो सहित



केन्द्रीय क्राईम बिट टिम
दाङ । गिट्टी बालुवा तस्करको बिषयलाई लियर स्थानीय लाई साँघातिक हमला गर्ने बसन्त वलि सहित कुटपिटमा संलग्न रमेश के।सी र झग्गु पुनलाई ईलाका प्रहरी कार्यालय तुलसिपुरले खाद्रेबाट लुकिछिपि बसेको अवस्थामा रातको २ बजे पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

बसन्त वली

बसन्त वलि बिरुद्ध तुलसिपुर उपमहानगरपालिका वडा नं १८ गर्पाटोलका पिमलाल कामी, चन्द्रि खड्का र तिलक घर्तिले ज्यानमार्ने उद्योग अन्तर्गत किटानी जाहेरीका आधारमा पक्राउगरी थप अनुसन्धानका लागि हिरासतमा लिईएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपि बेल बहादुर पाण्डेले जानकारी दिनुभयो ।

आपराधिक पृष्ठभुमिका वलि यसअघि २०६९ साल भदौ ७ गते रातिको ९ बजे घोराहीका नामुद व्यापारीहरु यादव प्रशाद सुनार, राजु सेन्चुरी, पाण्डे गल्ला पसलका भेषराज पाण्डे र हापुरका २ जनागरी ६ जनालाई रातको नौ बजे साविकको बिजौरी गा।वि।सको चोक बाट अपहरणगरी बबई खोलामा लगि २ लाख ९० हजार रुपैयाँ, मोबाइल सेट्सहरु लुटपाटमा संलग्न रहेका थिए ।

तत्कालिन एसपि गणेश बहादुर ऐरको कार्यकालमा जिल्ला प्रहरस्ी कार्यालयमा अपहरणको केसमा मुद्धा फाईल भएतापनि तत्कालिन नेकपा एमालेका नेताहरु मनोहरु बुढाथोकी र हुकुमबहादुर बस्नेतको रोहबरमा मनोहर बुढाथोकीले जिम्माजमानी लिने सर्तमा मुद्धा मिलाईएको थियो ।

तेसबेला वलिले लोडेड माउजर थान १ र ६ राउण्डको पेस्तोल देखाएर अपहरण गरेको र तरबार ले यादव सैघाली माथि साँघातिक हमला गरेका थिए । वलिको तरवार प्रहार बाट सैघालीको दाँयाँ हातमा गम्भिर चोट आएको र मेडिकल कलेज कोहलपुरमा एक महिना लामो उपचारपछि फर्किएको रहस्य खुल्न आएको छ ।

पटक पटक आपाराधिक कर्ममा संलग्न हुने वलि लाई रुाजनैतिक संरक्षणले बचाउने गरेको श्रोतले बताउँ छ । गुण्डागर्दी, गिट्टी बालुवा तस्करी, अपहरण , फिरौति , मल तस्करीमा समेत संलग्न वलि लाई तत्कालिन जिल्ला प्रहरी कार्यालयका डिएसपि विपिन कर्माचार्यले मल तस्करी गर्दागर्दै रंगेहात गिरफ्तार गरेको सहित व्यापारीहरुको अपहरण र मलकाण्डको मुद्धाको फाईल अहिले पनि जिल्ला प्रहरी कार्यालयमा रहेको छ । यादव प्रसाद् सुनारले अहिले सम्म उपचारको पैसा पाएका छैनन् ।

गिरफ्तार वलि लाई पिमलाल कामी , उनका छोरा भोला कामी लाई साँघातिक हमला गरेको, तिलक बहादुर घर्ति, चन्द्रि खड्का सहित तुलसिपुर उपमहानगरपालिका वडा नं १८ व्यारखोला गर्पाटोल निबासीहरुलाई रातको समयमा आतंकित पार्ने गरेको भन्दै सार्वजनिक नैतिकता बिरुद्धको अपराध अन्तर्गत मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपि बेल बहादुर पाण्डेले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्