भरतपुरलाई एशियाकै नमूना महानगर बनाउछौंः रेणु दाहाल



सैघाली खबर,
चितवन, २२ साउन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर महानगरलाई देशकै र एशियाकै नमूना महानगरका रुपमा विकास गरिने बताउनुभएको छ ।

निर्वाचनमा विजय भएपछि यहाँ आज आयोजित पदयात्रामा सहभागीलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक सम्पदा र सुगमताका हिसाबले महत्वपूर्ण क्षेत्र भरतपुर नगरवासीको सुझाव र सल्लाहअनुरुप नै आफू अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुखमा विजयी पार्वती शाहले जनताले दिएको मतको कदर गर्दै अबको पाँच वर्षमा नमूना नगर बनाउन आफूहरु सक्रिय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै नेकपा ९माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अमिक शेरचनले उहाँले सिंहदरबारको अधिकार गाउँसम्म पु(याउन अहिलेको नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सुशासन कायम गर्दै जनाकांक्षा बुझेर काम गर्न पदाधिकारीलाई सुझाव दिनुभयो ।

स्थानीय चौबीसकोठीमा भेला भएर सुरु भएको पदयात्रा नारायणगढको पुल्चोक पुगेको थियो । पदयात्रामा महानगरका सबै वडाबाट निर्वाचित प्रतिनिधिसहित काँग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता सहभागी थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्