पुस मसान्तसम्म नेकपाको साङ्गठनिक एकता पुरा



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ।

बिहीबार पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए।

आफ्नो राजनीतिक प्रतिवेदनका सन्दर्भमा स्थायी कमिटी सदस्यले बैठकमा राखेका विभिन्न विषयको जवाफ दिने क्रममा अध्यक्ष ओलीले कार्यदल गठन गरेर बाँकी रहेको सङ्गठनको एकतालाई निष्कर्षमा पुर्याउने बताएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे।

एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानून व्यवसायी सङ्गठनमा मात्रको एकता भएको छ। जिल्ला कमिटी, स्थानीय तह र जनवर्गीय सङ्गठनको एकता हुन अझ बाँकी नै रहेको छ।

उनले बैठकमा भएको छलफलले अझ उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको उल्लेख गरे। पार्टीको एकतालाई बलियो बनाउनका लागि अब पार्टी एकता ढिलाइ गर्नुहुँदैन्, उनले भने, ‘‘अहिले पार्टी एकतालाई छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्। तिनलाई परास्त गरेर जानु पर्दछ। बैठकमा प्रधानमन्त्री ओलीले माघ महिनाभित्र सबै कमिटीको भेला र केन्द्रीय कमिटीको बैठकसमेत आयोजना गर्ने बताए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्