मेलबर्नको पहिलो जित,सन्दीप बने सर्वाधिक विकेट लिने खेलाडी



लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले विग ब्यास लिगमा पहिलो जित निकालेको छ । आज सिड्नी सिक्सर्सलाई ५ विकेटले पराजित गरेको छ । १ सय ३१ रनको लक्ष्य पक्ष्याएको मेलवर्नले १४.५ ओभरमा ५ विकेटको क्षतिमा सहजै पुरा गर्यो गर्न सफल भयो ।

मेलवर्नका पिटर हृयान्डस्कोम्बले ३५ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ७० रन बनाए । कप्तान ग्लेन म्याक्सवेल८, मार्कस स्टोइनिस १०,निक लार्किनले २० र ड्वेन ब्राभ्रो ९ रनमा नट आउट रहे । सिक्सर्सका बेन द्वारसहुसि ३ र स्टीव ओकीफे दुई विकेट लिएप ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सले सन्दीप लामिछानेको घातक बलिङमा २० ओभरमा ९ विकेट गुमाउदैँ १ सय ३० रनमा समेटिएको थियो । उस्का लागि शीन एबोट २२,जोर्डन सिल्क ४१,डैनियल ह्यूजेस २० र जो डेनलीले १४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । मेलवर्नका लागि जक्सन कोलेमान ३, सन्दीप लामिछाने र ड्वेन ब्राभ्रोले समान दुई विकेट लिए ।

त्यस्तै एडम जम्पा र ग्लेन म्यासवेलको नाममा पनि समान एक विकेट रह्यो । सन्दीपले ४ ओभरमा १८ रन खर्चिएका थिए । सन्दीप ३ खेलमा ७ विकेट लिदैँ विग ब्यासमा सर्वाधिक विकेट लिने बलर बनेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्