यस्ता छन तीतो करेला खानुका फाइदै फाइदा, जानिराखौ



करेला प्राय हामी सबैले सुनेको, देखेको तथा खाएको खाद्य वस्तु हो । करेलालाई प्राय अचारको रूपमा प्रयोग गरिन्छ । तितो हुने भएकाले सबैको राजोईमा नपर्ने यो करेलाको औषधीय गुण भने निकै राम्रा छन् । करेलाको उचित प्रयोगले विभिन्न रोगमा निकै फाइदा पुर्याउँछ । करेलालाई प्रयोग गर्ने विधी थाहा हुन सके यसबाट धेरै पाइदा लिन सकिन्छ ।

१. कमलपित्तमा: द्रोणपुष्पी र करेलाको रस मिसाई दिनको एक तोला खाने गरे कमलपित्त ठीक हुन्छ ।

२. जुकामा: ३ ग्राम वायुविडङ्गको धुलो र दश ग्राम करेलाको रस मिलाई खाएको ३ घण्टापछी साधारण जुलाव दियो भने जुका नष्ट हुन्छ ।

३. भिरूङ्गी(सुजाकमा): दश करेलाको पातको रस मिश्री वा चीनी मिलाएर केहि दिन लगातार सेवन गरे सुजाक निको हुन्छ ।

 

४. घाँटी सुनिएमा: कागतीको रसमा हरियो वा सुकेको करेला पिसेर घाँटीमा लेप गरेर पातलो लुगाले पट्टी बाँधिदिए तीन-चारदिनमा आराम हुन्छ।

५. आँखाको रोगमा: करेलाको जरो पानीमा घोटेर अलिकति मह र फिटकिरी मिसाई सुर्मा लगाए झै आँखामा लगाए आँखाका सबै रोग नष्ट हुन्छन् । यस्तै, राती आँखा नदेख्ने रोगमा करेलाको पातको रस र मरिच बेस्सरी पिसेर आँजन(सुर्मा) जस्तै आँखामा लगाए ठीक हुन्छ ।

६. हैजामा: करेलाको दश ग्राम रसमा दश ग्राम तिलको तेल मिसाएर पिउनाले हैजामा आराम हुन्छ ।

७. अम्ल-पित्तमा: काँचो करेला र करेलाको तरकारी खाने गरे अम्लपित्त (अमिलो पानी आउने) ठिक हुन्छ ।

८. पत्थरीमा: तीन दिनसम्म तीन तोला करेलाको पातको रस, दुई तोला दहीसित मिसाएर पाँच-सात तोला मही बनाएर पिउन दिनू, लगातार तीन दिन औषधी दिएर तीन थाम्ने अनि चार दिन दिएर चर दिन थाम्ने । यसै क्रमले सात पुर्याए जति पुराो पत्थरी भएपनि आराम हुन्छ । भारी खाने कुरा खान दिनु हुँदैन । जाउलो मात्र दिनु राम्रो हुन्छ ।

९. घाउ-फोडामा: करेलाको पातको रस पकाएर फोडा वा घाउमा लेप लगाए घाउ पाक्छ वा थाक्छ । दाह कम हुन्छ ।

१०. सर्पको विषमा: रोगीलाई करेलाको रस जति पिउन सक्छ दिनु । वमन हुन्छ, फेरी पिउन दिनु । यसै गरी वमन नथामिएसम्म पिलाउनु, सर्पको विष नष्ट हुन्छ । टोकेको घाउमा पनि करेलाको रस नै अलि बाक्लो पारेर लगाइदिनू ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्