महिनावारी हुँदाको रगत अनुहारभरी पोतेर सेल्फी खिच्ने को हुन् यी युवती ?



याजमिना जेद उमेरले २६ वर्षी भइन् । अष्ट्रेलियाकी यि युवतीले आँफु रजश्वला हुँदाको रगत अनुहारमा पोतेर सेल्फी खिचिन् र सोही सेल्फी सोसल मिडियाबाट सार्वजनिक गरेपछि अहिले सामाजिक संजाल र मिडियामा भाइरल बनिरहेकी छिन् ।

जुन तस्विरलाई उनले फेसबुकका माध्यमबाट सार्वजनिक गरेर भनेकी छिन् रजश्वला चक्रका सम्बन्धमा समाजका रहेका विभिन्न खाले मान्यताहरुलाई चिर्नका लागि मैले यो कदम चालेकी हु । रजश्वलालाई हेयको दृष्टिले हेर्ने मानसिकता हटाउनका लागि उनले उठाएको यो कदमप्रति धेरैले ऐकविद्धता जनाएका छन् ।

आजको आधुनिक जमानामा समेत रजश्वलालाई लिएर लज्जित महसूस गर्न नसकिने भन्दै आफु रजश्वला भएको कुरा दुनियाले थाहा पाउदैमा यसले केही फरक नपार्ने भन्दै उनले रजश्वला कुनै ल्जाउनुपर्ने कुरा नभै महिलाको सरीरको एक हिस्सा भएको उल्लेख गरेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्