कमेडियन कपिल शर्माको ‘दी कपिल शर्मा शो’ मार्फत फेरी सोनी टिभीमा फर्किन लागेका छन् । २९ डिसेम्बरबाट राति साढे ९ प्रसारण गरीने शोको एउटा सिनलाई टिजरका रुममा प्रस्तुत गरिएको छ । चन्दुको अभिनय गर्ने चन्दन प्रभाकरले कपिलको आँशु पुछ्दै गरेको तस्बिर र भिडियोले अहिले बजार रंग बजार तातेको छ । कमेडी शोमार्फत टेलिभिजनमा फर्किन लागेका कपिल शर्मा र चन्दनबीचको एउटा सिनलाई टिजरका रुममा प्रस्तुत गरिएको छ ।
सोनी च्यानलको नयाँ टीजरमा चन्दन प्रभाकर चियावालाले कपिल शर्माको आँशु पुछिरहेको दृष्य देखाइएको छ । पुनः सुरु हुन लागेको शोमा रणवीर सिंह, चन्दन र नवजोत सिंह सिद्धू स्टेजमा नाच्दै गरेको देखिएको छ । आसपासमा नाचेको दृष्यपछि चन्दनले ‘कपिल, दीपिका पादुकोणका भाइ हुन्’ भन्ने घोषणा गरेको दृष्य पनि देखाइएको छ।
चन्दनले कपिलको आँशु किन पुछे भन्ने चाहिँ शो सुरु भएपछि मात्रै थाहा हुन्छ । तर, दीपिका र रणवीरको विवाह भएपछि मजाक गर्दै रोएको हुनसक्ने अनुमान पनि गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।