खंडवा। हात रखुट्टामा ६ औंलासहित जन्मिएकी एक बालिकाको आमाले नै ज्यान लिएकी छिन् । ६ औंला हुनु अशुभ भएको मान्दै आमाले छोरीको हात र खुट्टाका एक एक औंला काटिदिइन् । संक्रमणका कारण बालिकाले जन्मेको ६ घण्टामै प्राण त्याग गरिन् ।
मध्यप्रदेशको खंडवा जिल्लाको सुन्दरदेव गाउँका रामदेव नामका व्यक्तिकी पत्नीले शनिबार राती छोरी जन्माएकी थिइन् । उनको हातखुट्टामा ६–६ वटा औंला देखेपछि आमालाई अशुभ हुने आशंका भयो ।
उनले कसैलाई केही नभनी हँसियाले हातखुट्टाको एक–एक औंला माटिदिइन् । आइतबार बिहान नवजात बालिकाको मृत्यु भयो । यो खबर सोमबार जिल्लाका स्वास्थ्य प्रशासकसम्म पुगेपछि उनले तत्काल गाउँमा गएर यस विषयमा बुझेका थिए । आमाले छैटौं औंलालाई अशुभ मानेर काटेको स्वीकार गरिन् ।