रिस किन उठ्छ ? यसरि गर्नुस् नियन्त्रण



न्युरो साइन्सले हालसम्म पत्ता लगाएको तथ्यअनुसार रिस मस्तिष्कको एउटा निश्चित तन्तुबाट उठ्छ जसको नाम हो, अमागडाला । खासमा अमागडालाको काम सोचविचारै नगरेर शरीरलाई क्रिया अवस्थामा ल्याउनुसँग सम्बन्धित छ ।

आगोमा हात पर्दा तत्काल झिक्न आदेश दिने काम अमागडालाले नै गर्छ । भुसुनो भन्ने चिन्दा नचिन्दै त्यसलाई पस्न नदिन परेला बन्द पार्ने काम पनि यसैको हो ।

खराब अवस्थामा जीउलाई बचाउने यस्ता कामका लागि अमागडालाले सोच्ने र विचार गर्ने स्नायु तन्तु सेरेबल कोर्टेक्सलाई खबरै नगरेर काम गर्ने गर्छ । त्यसैले त झडङ्ग रिस उठ्छ । रिसकै झोंकमा मान्छेले गर्नु नगर्नु गर्छ ।

यसको खबर रिस मरेपछि मात्रै निकै ढिलो सेरेबल कर्टेक्सले थाहा पाउँछ । सोचविचार गर्ने क्षमताको कर्टेक्स तन्तुले पत्तो पाउन्जेल रिसले काम तमाम गरिसकेको हुन्छ ।

कर्टेक्सले त्यसको विरोध त गर्छ तर भइसकेको कामलाई रोक्नचाहिँ सक्दैन । त्यसैले अक्सर रिसको झोंकमा केही गरेपछि अलिक बेरमा पश्चाताप हुने गरेको हो ।

यस्ता रिसाहा बानिले तपाइँ हाम्रो जिवनमा नकारात्मक असर पारिरहेको हुन्छ । रिसाहा बानीले शारीरिक तथा मानसिक रुपमा नकारात्मक असर पूराउँछ । अनावश्यक रिसले सम्बन्ध टुट्न सक्छ, करिअरमा धक्का लाग्न सक्छ अनि सामाजिक जिवनमा पनि नराम्रो असर पुग्न सक्छ ।

त्यसैले यदि तपाइँमा पनि यस्तो बानी छ भने त्यसलाई त्याग्ने उपाय खोज्नुहोस् । रिस किन उठ्छ र त्यसले कस्तो असर पूराउँछ भन्ने विषयमा गम्भीर रुपले सोँच्नु आवश्यक हुन्छ ।

रिसलाई कसरी नियन्त्रण राख्ने वा तातो रिसबाट हुने क्षतिलाई कसरी रोक्ने रु निकै रिस उठेको छ, थाम्नै नसक्ने अवस्था छ भने के गर्ने ? यी टिप्स पालना गर्नुहोस् तर अवश्य पनि तपाइँको रिसको पारो तल झर्नेछ…

१-जब तपाइँलाई निकै रिस उठ्छ । तब १० अंक देखि १ अंकसम्म उल्टोबाट गन्न थाल्नुहोस् । विस्तारै गन्नुहोस् । यसो गर्दा तपाइँको दिमाग गणनामा केन्द्रित हुन्छ र तपाइँले त्यो विषय भुल्नुहुन्छ जसले तपाइँलाई रिस उठाएको छ ।

२-तपाइँलाई जसका कारण पनि रिस उठेको हुनसक्छ । चाहे घरपरिवारका मान्छे, साथीसँगी तथा अन्य व्यक्ति सँग रिस उठेको किन नहोस् तपाइँ रिस उठेका मान्छेको नजिक नबस्नुहोस् र उठेर कतै टहल्नका लागि हिँडिहाल्नुहोस् ।

३-लामो स्वास लिनुहोस् । लामो स्वास लिनाले रिस नियन्त्रणमा आउनुका साथै मस्तिष्कमा शान्ति मिल्ने र रिल्याक्स समेत प्राप्त हुन्छ ।

४-रिस के कारणले गर्दा उत्पन्न भएको हो रु त्यसको कारण खोज्नुभयो भने रिस नियन्त्रणमा तपाइँ धेरै हदसम्म सफल हुनुहुनेछ । तर रिसको पारो तातेको बेला यो सम्भव हुँदैन । जब रिसको पारो अलिकति ओर्लिन्छ तब कारण खोज्नतर्फ लाग्नुहोस् । यसका लागि तपाइँले आफ्ना साथीभाइ तथा परिवारको समेत सहयोग लिन सक्नुहुन्छ । अनि त्यो कारण निवारण तर्फ लाग्नुहोस् ।

५-योगा तथा व्यायामले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । यसले मानसिक शान्ति प्रदान गर्नुका साथै तनाव कम गर्न सघाउ पूराउँछ । ध्यान तथा योगाले व्यक्तिको सोँच्ने तरिका तथा परिस्थितिलाई झेल्ने क्षमताको विकाश गराउँछ र जसका कारण रिस नियन्त्रण गर्न सघाउ पुग्छ ।

६-अरुको गल्तीलाई माफ गर्न सिक्नुहोस् । कहिलेकाहीँ तपाइँको चित्त दुखाउने मानिसलाई माफी दिनसक्नु तपाइँको महानता हुन्छ । यसले तपाइँलाई मानसिक शान्ति प्रदान गर्छ र रिसको कारक तत्व पनि साम्य हुन्छ ।

७-रिस उठेको बेला तपाइँलाई जे काम गर्नमा आनन्द आउँछ त्यहीँ काम गर्नुहोस् । गाउने, नाच्ने, गित सुन्ने, चित्र कोर्ने जस्ता काम गर्नुभयो भने तपाइँको मूड परिवर्तन गर्न सघाउ पुग्नेछ र रिसको पारो तल ओर्लनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्