यौन भनेको प्राकृतिक कुरा हो । अझ सुखमय दाम्पत्य जीवनका लागि यौन क्रिया अत्यावश्यक हुन्छ । तर, हरेक उमेरमा यौन चासो, यौन रुची र यौन व्यवहार उस्तै हुँदैन । एउटा निश्चित उमेर–समूहपछि यसमा पनि परिवर्तन हुँदै जान्छ ।
किशोरावस्थामा
किशोरावस्थामा सेक्स हर्मोनको स्तर एकदमै तीब्र गतिमा बढ्छ । जसले यौन सम्बन्धी उत्सुकता जगाउँछ । त्यसैले यौन सम्बन्धी प्रयोग पनि यस उमेरमा बढी हुने गर्छ ।
सेक्सका लागि सबैभन्दा बढी फेन्टासी, ड्रिमिङ पनि यही उमेरमा हुने गर्छ । किशोरीको यौन इच्छा धेरैजसो रोमान्स, फोरप्ले वा पार्टनरको भावनात्मक लगावमा निर्भर गर्छ ।
त्यस्तै किशोरहरु फिल्म, पुस्तक, कुराकानीको माध्यमबाट यौनको जानकारी प्राप्त गर्छन् । उनीहरुको जीवनमा सेक्स भावनात्मक भन्दा शारीरिक रुपमा प्रकट हुने गर्छ । किशोरीले पनि फिल्म, पत्रपत्रिकाबाट सेक्स सम्बन्धी आफ्नो धारणा बनाउने गर्छन् ।
२० देखि ३५ को उमेरमा
यस उमेरमा सेक्सुअल सन्तुष्टिका लागि मनमा धेरै उत्साह एवं उत्तेजना हुन्छ । एकअर्कासँग छुन, चल्न, अंगालोमा बाँध्न र यौन सम्पर्क गर्न बढी रुची हुन्छ । यस उमेरमा युवती आफ्नो इच्छा खुलस्त बताउँदैनन्, दबाएर राख्छन् । उनीहरु आफ्नो पार्टनर नै अग्रसर भएको रुचाउँछन् । कतिपय अवस्थामा युवतीमा तीब्र यौन इच्छा हुन्छ, तर उनीहरु व्यक्त गर्न सक्दैनन् ।
यो उमेरमा यौनप्रतिको झुकाव क्रमशः कम हुँदै जान्छ । तर, उनीहरुको इच्छामा भने कमी हुने होइन । तर, उनीहरुको यौन जीवन शारीरिकबाट माथि उठेर भावनात्मक मोडमा पुग्छ ।
महिलामा हर्मोनल परिवर्तन सबैभन्दा बढी यस उमेरमा हुने गर्छ । उनीहरुको मुड बदलिन सक्छ । स्वास्थ्य समस्याले यौन जीवन प्रभावित पार्न सक्छ । एक सर्भेक्षणले के पनि बताएको छ भने, ३५ को उमेरपछि महिलाहरु यौनक्रियामा बढी सन्तुष्ट महशुस गर्छन् । एजेन्सीको सहयोगमा

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।