समाज

मलेसियामा रासायनिक ट्याङ्की सफा गर्ने क्रममा दुई नेपालीको मृत्यु

By थाहा अनलाइन

December 28, 2018

मलेसिया  पुस १३– मलेसियाको बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको ज्यान गएको छ ।रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको ज्यान गएको हो । बिहीबार बिहान रासायनिक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस भएका यादव ट्याङ्कीभित्र खस्नुभएको थियो ।

यादवलाई उद्धार गर्ने क्रममा मगर पनि बेहोस हुनुभएको थियो । रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको ज्यान गएको त्यही कम्पनीमा कार्यरत हिरालाल तामाङले जानकारी दिनुभयो ।