श्रीमानको मृत्युमा नरोएको भन्दै श्रीमतिलाई जेल सजाय…



श्रीमानको मृत्युमा नरोएको भन्दै एक महिला विगत ५ वर्षदेखि जेल सजाय भोगिरहेकी छन् । भारतको असममा ती महिलालाई श्रीमानको मृत्युमा नरोएको भन्दै आफैले हत्या गरेको आरोपमा जेल सजाय भएको हो ।

उनलाई स्थानीय अदालतले आफ्नो पतिको हत्या गरेको दोषी ठहर गर्यो । गुहाइटीको उच्च अदालतले पनि स्थानीय अदालतले गरेको फैसलालाई सदर गर्दै उनलाई जेल सजाय सुनायो ।

श्रीमानको हत्यामा आफ्नो संलग्नता नभएको भन्दै ती महिलाले सर्वोच्च अदालतमा मुद्दा हालिन् । सर्वोच्च अदालतले, उच्च अदालतले गरेको फैसलालाई उल्टाउँदै ती महिलालाई रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश द्वय आरएफ नरीमन र जस्टिस नवीन सिन्हा ले महिलाको पक्षमा फैसला गर्दै ‘मौकामा भेटिएका तमाम सबुत र प्रमाणले श्रीमानको हत्यामा उनको संलग्नता छ भन्न सकिने आधार छैन् ।

र जहाँसम्म श्रीमानको मृत्युमा नरोएको कुरालाई हत्याको मुख्य आधार वा प्रमाण भनिएको छ, त्यो अप्राकृतिक व्यवहार हो । यसलाई हत्याको प्रमाण मान्न सकिन्न ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्