तुलसीपुरमा घुमन्ते व्यापारीलाई प्रवेश गर्न निशेध



शरद रेग्मी
साउन २२ तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघले आफनो कार्यक्षेत्र भित्र कुनै पनि प्रकारका घुमन्ते व्यापारीहरुलाई प्रवेशमा रोक लगाईने जनाएको छ । विशेष गरी संघको क्षेत्राधिकार भित्र तुलसीपुर क्षेत्रमा घुमन्ते व्यापारीहरुले गर्दै आएको कारोवारलाई पूर्ण रुपमा रोक लगाइएको संघका अध्यक्ष विर वहादुर रावत ले जानकारी दिनु भयो । अध्यक्ष रावतका अनुसार तुलसीपुर क्षेत्रमा घुमेर हरेक कारोवार गर्ने ज्वलाह, कपडा, फेन्सी, औषधि, इलेक्ट्रीक सामानहरु यस क्षेत्रमा विक्रि वितरण गर्न नदिने समेत उहाले जानकारी दिनु भयो ।

वाणिज्य संघ, राजश्व कार्यालय, स्थानिय तह लगायतका कार्यालयहरुमा दर्ता नगरी राजश्व छली एवं गुणस्तरहिन सामानहरु विक्री वितरण भैरहेको भन्ने जनगुनासो आए पछि संघले घुमन्ते व्यापारीहरुलाई रोक लगाएको हो । नपाईने समेत वाणिज्य संघले जानकारी दिएको छ । यसै विच वाणिज्य संघले आज आईतवार एक विज्ञप्ती जारी गरी यस क्षेत्राधिकार भित्र कसैले पनि खुल्ला रुपमा व्यापार व्यवसाय संचालन नगर्न अनुरोध गरेको छ ।

संघका अध्यक्ष विर वहादुर रावत र महासचिव रुप वहादुर खत्रीले विज्ञप्ती जारी गरी यदि कसैले यस क्षेत्रमा घुमन्ते रुपमा व्यापार व्यवसाय संचालन गरेको फेलापारेमा तत्काल वाणिज्य संघको कार्यालय र स्थानिय प्रहरीलाई जानकारी गराउन समेत अपिल गरेको छ । यदि कुनै पनि घुमन्ते व्यापारीले अटेरी गरेको पाइएमा संघले सम्पूर्ण सामानहरु जफत गर्ने कानून वमोजिम कारवाही प्रक्रिया अगाडि वढाइने व्यहोरा समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्