नेकपाको बैठक सकियो, अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पारित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सकिएको छ । बैठकमा अध्यक्षद्वय को संयुक्त राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित गर्दै शुक्रवार सकिएको हो। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत साता संयुक्त प्रतिवेदन स्थायी समितिमा पेस गरेका थिए।

शुक्रवारको बैठकमा नेकपा अध्यक्ष ओलीले विवादित बनेका विषयहरु, पार्टीभित्र एक व्यक्ति एक पद, एसिया प्यासिफिक बैठकमा सरकारको कमजोर प्रस्तुतिवारे आफ्नो धारणा राखेका थिए। स्थायी समितिमा पार्टीका नेता बामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा असहमति जनाउँदै बैकल्पिक प्रतिवेदन पेश गरेका थिए ।

पार्टीका नेताहरु भीम रावल, घनश्याम भुसालले समेत अध्यक्षद्वयको प्रतिवेदनमाथि प्रश्न उठाएको जनाइएको छ । नेकपाको नेतृत्वमाथि पार्टी तथा सरकार सञ्चालनका सम्वन्धमा धेरै कमिकमजोरी भएको भनि स्थायी समिति सदस्यहरुले आक्रोश पोखेका थिए ।

स्थायी समिति बैठकले पुस महिनासम्म पार्टी संगठनहरुको एकीकरणको काम सक्न कार्यदल गठन गरेको छ। कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुन, शंकर पोखरेल, बेदुराम भुसाल र लेखराज भट्ट सदस्य रहेका छन । कार्यदलको प्रस्तावका आधारमा यो महिना भित्रै बस्ने अर्को स्थायी समिति बैठकले संगठनात्मक काम सक्ने समेत नेताहरुले जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्