श्रीमानले श्रीमतीलाई जुवामा हारेर फुकालिदिए साडी



बेलाबेलामा यो संसारमा पनि अनौठा घटना घट्ने गर्छन् । काहीं गाईलाई ब्रा लगाइन्छ त काही सेक्स गर्दागर्दै मृत्यु हुन्छ । त्यस्तै भारतको ओडिसामा विचित्रको घटना प्रकाशमा आएको छ ।

एक जुवाडे पतिले जुवामा आफ्नै पत्नी दाउमा राख्दा हारेपछि आफैंले पत्नीको साडी फुकालिदिएर कथित रुपमा जुवा जित्नेसमक्ष सुम्पिएको र आफ्नै अगाडि पत्नी बलात्कृत भएको हेरेको मामलामा प्रहरीले अनुसन्धान थालेको छ ।

पीडित महिलाले माइती पक्षको सहयोगमा प्रहरीमा उजुरी दर्ता गरेको बताइएको छ । प्रहरीमा उजुरी दर्ता भएलगत्तै पीडितका पति र जुवा जितेर बलात्कार गर्ने पुरुष दुवै फरार भएको प्रहरी अधिकारीले जनाएका छन् ।

पीडित महिलाको मेडिकल जाँच गरिएको छ । प्रहरीले बलात्कार तथा अन्य विभिन्न अपराधमा दुवै आरोपीमाथि कारवाही अघि बढाएको छ ।

पीडित महिलाका अनुसार गत मे २३ तारिखमा राति करिब ११ बजे उनका पति घर आएर उनलाई बाहिर लगेका थिए । आफूले यति राति कता जाने भनेर सोध्दासमेत जवाफ नदिइ गाउँबाट केही टाढा पुर्‍याएको उनले बताइन् ।

उक्त स्थानमा पतिको साथी पहिलादेखि नै रहेको र आफूहरु पुग्नसाथ उसले आफ्नो हात समातेर तानेको उनले बताइन् । ‘मैले विरोध गरेँ तर मेरै पतिले मेरो साडी खोलिदिएर उसको साथ मलाई सुम्पियो ।’

आफूलाई तानेर केही पर लगेर उक्त पुरुषले बलात्कार गरेको उनले बताइन् । बलात्कारपछि मात्र आफूलाई पतिले जुवामा हारेको परिणाम आफूले बलात्कारका रुपमा तिर्नुपरेको थाहा पाएको उनको भनाइ थियो । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्