किन हुन्छ कोटेश्वरमा जाम ?



बलराम बुढाथोकी
काठमाडौं । अहिले कोटेश्वर काठमाडौंको सबैभन्दा बढी जाम हुने चोकका रुपमा परिचित छ । भक्तपुरबाट काठमाडौं तर्फ भित्रने गाडीहरु र रिङ्ग रोड वरिपरी गुड्ने गाडीको कारण यहाँ अत्याधिक जाम हुने गरेको हो ।


त्यस्तै कोटेश्वरमा जाम हुनुको कारण र यसलाई समाधान गर्ननका लागि के कस्ता योजना हुँदै छन् ? यसको बारेमा बुझ्नको लागि ट्राफिक प्रहरी कोटेश्वर प्रभातका प्रमुख शेरबहादुर चन्दसँग साथी लोकेन्द्र राउतले गरेको कुराकानी र त्यसै विषयमा आधारित तयार पारिएको यो रिपोर्ट हेर्नुहोस् :

पहिला कलंकीलाई सबैभन्दा बढी जाम हुने चोकका रुपमा लिने गरिन्थ्यो । तर रिङ्ग रोड वरिपरी गुड्ने गाडीहरुको लागि अण्डर पास बनाएपछि अहिले त्यहाँको जाम धेरैहद सम्म घटेको छ ।

कोटेश्वरमा जाम हुनुको मुख्य कारण पैदल यात्रु पनि हुन् । जताततैबाट पैदल यात्रुले बाटो काट्ने र समूहमा बाटो नकाट्नाले यस्तो जामको समस्या आउने ट्राफिक प्रहरीको भनाई छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्