बिद्युतका कर्मचारी १५ हजार घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुस लिइरहेको अवस्था नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखा मूलपानीका हेल्पर (दोस्रो तह) हस्तबहादुर थापा मगर, हेल्पर (पहिलो तह) काले थापा मगर र ज्यालादारीमा काम गर्ने बिदुर पुडासैनीलगायत छन् । आयोगको टङ्गालस्थित कार्यालयबाट खटिएको एक टोलीले बिहीबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बिभिन्न व्यक्तिको जग्गाबाट बिजुलीको तार हटाइदिने भन्दै सेवाग्राहीसँग बिभिन्न बहाना बनाई घुस रकम माग गरेपछि परेको उजुरीका आधारमा उनीहरुमाथि अख्तियारको टोलीले निगरानी बढाएको थियो । यसैक्रममा उनीहरुलाई अख्तियारले बिहीबार नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्