बंगलाचुलीमा भौतिक विकासले गति लिँदै, १५ शैयाको अस्पताल र २ ओटा पुल निर्माण हुँदै



 

जीवन नेपाली,

दाङ।

दाङको बंगलाचुली गाउँपालिकाको भौतिक विकासको कामले गति लिन थालेको छ । जस अनुसार बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा १५ शैयाको अस्पताल निर्माणको लागि सहमति प्रक्रिया अघि बढेको छ ।

बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेव बहादुर ओलीले कमिरेचौरमा १५ शैयाको अस्पताल स्थापन गर्न सहमतिका लागि चाहीने आवश्यक कागजाद स्वाथ्य मन्त्रालयमा पेस गरी सक्नु भएको छ ।

अधिकृत ओलीले अस्पताल स्थापनार्थ स्वीकृतीका लागि मन्त्रालयले टिप्पणी उठाउने काम गरीरहेको जानकारी दिनुभयो । १५ शैयाको अस्पताल निर्माणका लागि डिपीआर समेत भईसकेको छ । यसको भौतिक संरचनाको निर्माणकार्य यसै वर्ष देखि सुरुहुने अधिकृत ओलीले जानकारी दिनुभयो ।

दाङ सुगम जिल्ला भनीएता पनि बंगलाचुली गाउँपालिकाका अधिकांस सर्वसाधारण नागरिक विषेशज्ञ स्वाथ्य सेवा पाउन बाट बन्चीत रहेका छन् ।

अस्पताल निर्माण भएपछि यहाँका अधिकांस जनताले गुणस्तरीय स्वाथ्य सेवा पाउने अभिलाषा राखिएको छ । कमिरेचौरमा १५ शैयाको अस्पताल निर्माणका लागि सभामुख कृष्ण बहादुर महराले आफ्नो सांसद क्षेत्रविकास कोषबाट ५० लाख बजेट छुट्टाउनु भएको छ । भने अस्पताल निर्माणका लागि संघ,प्रदेश र स्थानीय सरकारको समेत बजेटको व्यवस्था गर्ने छ ।

यसैगरी बंगलाचुली गाउँपालिकामा स्वाथ्यचौकी नभएका अन्य ३ स्थानमा सामुदायीक स्वाथ्य ईकाईका भौतिक संरचना स्थापना गरीने भएको छ । त्यसको लागि पनि स्वाथ्य मन्त्रालयबाट स्वीकृती भईसकेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दीनुभयो । बंगलाचुली गाउँपालिकाको वडा नं ४ ,६ र ७ मा सामुदायीक स्वाथ्य ईकाई स्थापना गरेर सेवा प्रभाव गरीएको छ ।

विकट गाउँ बस्तीका जनतालाई उनिहरुकै पायक पर्ने स्थानमा स्वाथ्य सेवा प्रदान गर्ने लक्षका साथ सामुदायिक स्वाथ्य ईकाई स्थापना गरीएको अध्यक्ष ओलीले जानाकारी दिनुभयो ।

यसैविच बंगलाचुली गाउँपालिकामा जनप्रतिनिधीहरु निर्वाचीत भएर आईसके पछि दुईवटा झोलुङ्गे पुन बन्ने भएको छ । बंगलाचुली गाउँपालिको वडा नं. ६ र ८ लाई जोड्ने गरी दुईस्थानमा झोलुङ्गे पुल निर्माण हुन लागेको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नं.६ र ८ लाई जोड्ने जोरठाँटी सीयाँला र टीकुलीदमार दारेगैडाँमा झोलुङ्गे पुल निर्माण हुने अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

पुल निर्माणका लागि झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत सरकारले पुल निर्माणका लागि २४ लाख बजेट समेत पठाई सकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले जानकारी दिनुभयो ।

पुलको निर्माण चक्र दुई वर्षे हुने बताईएको छ । जसअनुसार पहिलो वर्षमा पुलहरुको सर्भे,डिजाईन, र स्टीमेट तयार गरि स्टिल सामग्रिहरुको फेब्रिकेशन गर्ने र दोस्रो वर्षमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गर्ने र निर्माण पछिको चरणमा मर्मत समितिको गठन तथा पुल संरक्षक छनौट एवं नियुक्ति गर्ने रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्