डिआईडि सिजन २ मा बाँकेवाट २३ जना छनाँैट



बिष्णुकुमार देवकोटा

नेपालगंज२२ साउन ।बहुप्रतिक्षित डान्स आइकन दाङ (डिआईडि) सिजन २ को नेपालगंज बाँकेको अडिसन राउन्ड बाट २३ जना प्रतिस्पर्धी नृत्याङ्गणा तथा नृत्यकारहरु छनौट भएका छन् ।

डि टेन इन्टरटेन्मेन्ट प्रा.लिले आयोजना गरेको राष्ट्रिय स्तरको नृत्य बिद्याको प्रतिस्पर्धात्मक महाभिडन्त को सिजन २ को शनिबार नेपालगंजमा सम्पन्न पहिलो अडिसनबाट २३ जना छनौट भएको डान्स आइकन दाङ (डिआईडि)को संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।

यसरी छनौट हुनेहरुमा सुमित राजबंसि, बर्षा खड्का, अजिस वलि, पुजा गीरी, कमल चौधरी, अस्मिता बस्याल, आँचल चन्द, पर्वत पोखरेल, गंगा के.सी, शुसिला बि.क., प्राप्ति के.सी, सागर वलि, रेश्मा श्रेष्ठ, सुस्मिता आलेमगर, बिष्णु आले मगर, सुलेस्मा वलि, अञ्जु चौधरी, दिपक रेग्मी, आशा श्रेष्ठ, निशा शाही, कृति आले, निकिता सिंह, करीना आचार्य र अर्जुन बि.क. मेगा राउण्डका लागि छनौट भएको डान्स आइकन दाङ (डिआईडि) का रणनितिक संयोजक दिवक वलिले जानकारी दिनुभयो ।

डान्स आइकन दाङ (डिआईडि) का संयोक एवं डि टेन इन्टरटेन्मेन्ट प्रा.लि का अध्यक्ष बिष्णुमारु देवकोटाको सभाअध्यक्षता एवं लाइफ भिजन टेलिभिजन प्रा.लि नेपालगंजका म्यानेजिङ्ग डाईरेक्टर सुरेश चन्दको प्रमुख आतिथ्य तथा डान्स आइकन दाङ (डिआईडि) सिजन १ का बिजेता आशिका रजौरेको विसिष्ट आतिथ्यमा होटेल एस.टि.सि.मा सम्पन्न अडिसनमा कुल १ सय दुई जनाले प्रतिस्पर्धामा भाग लिएका थिए । डान्स आइकन दाङ (डिआईडि) सिजन २ को रणनैतिक संयोजक दिपक वलिको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रको स्थानीय आयोजककोरुपमा क्रिस्टल डान्स क्रु नेपालगंज रहेको थियो । यसैगरी निर्णायकको भुमिकामा डान्स आइकन दाङ (डिआईडि) सिजन १ का जज राण्न्ड टपर एवं स्थानीय संयोजक रितेश गौतम, डान्स किङ्ग कुबेर वलि र सविन नेपाली रहनुभएको थियो ।

डान्स आइकन दाङ (डिआईडि) सिजन १ को सफलतापछि सिजन २ लाई राष्ट्रव्यापि बनाईएको संयोजक देवकोटाले जानकारी दिनुभयो । बुटबल देखि धनगढि सम्मका १८ वटा जिल्लाहरु मा अडिसन लिई प्रतिस्पर्धा गराइने छ । दाङमा अडिसन भाद्र १६ गते तुलसिपुर,१७ गते लालमटिया र १८ गते घोराहीमा लिईने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्