रुकुम पश्चिम – आठबीसकोट नगरपालिका वडा नम्बर–२, का अध्यक्ष देवबहादुर यरीमाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।
सोही वडाको तिल्केचौरका ३० वर्षीय देवबहादुर विकलाई पक्राउ गरेर सार्वजनिक मुद्धा चलाइएको प्रहरीले जनाएको छ । पुस ९ गते वडाको सार्वजनिक ठाउँमा सार्वजनिक विषयको कार्यक्रममै वडाध्यक्ष यरीमाथि विकले कुटपिट गरेका थिए ।
वडाअध्यक्ष माथि कुटपिट गर्ने विकविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्र्तगत मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।