वर्तमान सरकार कम्युनिस्ट सरकार होइन- अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष ढकाल



बिष्णुकुुमार देवकोटा ,
दाङ ।
विप्लव निकट नपाल कम्युनिष्ट पार्टिको भातृ संगठन अखिल क्रान्तिकारी का केन्द्रिय अध्यक्ष चिरन्जिवी ढकालले सरकार पुर्णतः असफलभएको बताउनुभएको छ ।
शहिद कृष्णसेन इच्छुक बहुप्राबिधिक शिक्षालयको शोक सभामा भाग लिन दाङआएका ढकालले जनताको अधिकार सुनिस्चित गर्न वलि सरकार पुर्णतः असफल भएको बताउनुभएको हो ।

सैघाली खबर संगको राजनैतिक संवाद् कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष ढकालले राजनैतिक कार्यदिशा पुरा नभएको र बिद्रोह आवस्यक रहेको कुरामा जोड दिनुभयो ।

 


बर्तमान सासकिय स्वरुप भ्रस्टाचारीउत्पादन गर्नै कारसखाना रहेको भन्दै गाँउगाँउमा सिंहदरबारको जनताले अनुभुति गर्न नसकेको कुरामा जोड दिनुभयो ।
दण्डहिनता मौलाएको भन्दै ढकालले निर्मला पन्तको अपराधिलाई अहिले सम्म पत्तालगाउन नसक्नु राज्यको लाचारीपन भएको दावा गर्नुभयो ।
भ्रष्टाचार मौलाएको, बेथिति बढेको, अराजकता चरम सिमामा पुगेको भन्दै ढकालले बिद्रोह जनताको अधिकार रहेको बताउनुभयो ।
बिद्रोहको तयारी स्वरुप आन्तरीक गृहकार्यमा लगेको कताउँदै ढकालले पुनः जनयुद्ध आवस्यक रहेको जीकिर गर्नुभयो ।

बर्तमान सरकार कम्युनिस्टको नभएको स्पस्ट पार्दै ढकालले आफुहरु सच्चा कम्युनिस्ट भएको बताउनुभयो । एक अर्को प्रसंगमा ढकालले राजसंस्था र हिन्दू राज्य फर्काउने कुरा कोरा कल्पना मात्र भएको दावी गर्नुभयो ।

आफ्नो संगठन बिद्यार्थीहरुको हक हितका लागि क्रियासील रहेको भन्दै पुँजि बादी शिक्षा ले देशको बिकास गर्ननसक्ने दावी गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्