काठमाडौं । ईलाका प्रहरी कार्यालय कोलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहलाई घुस दिन खोज्ने दुई जना ‘गोरु तस्कर’ लाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार डिएसपी सिंहको कार्यकक्षमा छिरेर घुस दिन खोजेपछि पक्राउ पर्नेहरुमा हेटौंडा–४ स्थायी घर भएका अब्दुल देवान र कोहलपुर–१२ स्थायी घर भएका नवराज थापा रहेका छन् ।
‘तस्करी खुलाईदिन’ भन्दै आफ्नो कार्यकक्षमा आएका गोरु कारोबारीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश सिंहले रातोपाटीलाई जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देवान र थापाले बाँकेबाट दाङ हुँदै भारततर्फ अवैध रुपमा गोरु तस्करी गर्ने गरेको खुलेको छ ।
यसअघि गोरु कारोबारीसँग आफ्नो कुनै कुरा नभएको र उनीहरु एकाएक आफ्नो कार्यक्षमा छिरेको डिएसपी सिंहले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।