कपिलवस्तु/संवाददाता पछिल्लो समय राजधानीको इन्द्रेणी पार्टी पैलेस वानेश्वरमा बसेको स्वतन्त्र राजनीतिक समूह को बैठक ले निर्देश गरे अनुसार नै आउने केहि दिन मा वडा स्तरीय, गाउँपालिका, नगरपालिका र जिल्ला स्तरीय कमिटी गठन गर्ने तयारी भइ रहेको जानकारी गराइएको छ।
देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पिडन को अन्त गरि सार्थक संघियताको कार्यान्वयन संविधान मा आवश्यक संसोधन र किसान का जटिल समस्या आदि उद्देश्य लिइ स्थापित भएको स्वतन्त्र राजनीतिक समूह ले अब का केही दिन मा कमिटी गठन गर्ने तयारी तिब्र हुने छ।
उक्त समूह संग आबद्ध सबै निष्ठावान ,आस्थावान नेता तथा कार्यकर्ता आ आफ्नो स्तर बाट प्रचार प्रसार मा लागी सबै तह को कमिटी गठन गर्ने तर्फ लाग्नु पर्ने उक्त समूह संग आबद्ध नेता पूर्व मंत्री इश्वर दयाल मिश्र ले जानकारी संगै हार्दिक अपिल गर्नु भएको छ।कमिटी स्वतन्त्र राजनीतिक समूह नै रहि गठन गर्न लागिएको जानकारी गराएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।